मुख्य समाचार

साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं, २१ असार । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न भनेको छ । आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली… पुरा पढौ

‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै सरोज

खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुगे। तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्किए। मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे। अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन… पुरा पढौ

भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

वीरगञ्ज (पर्सा), २१ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा… पुरा पढौ

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

दमौली (तनहुँ), २१ असार । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । न्यौपानेले भन्नुभयो, “मानुङका मगरहरूले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न खोजेका हौ ।” नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ स्थित शिशाघाट नयाँ सहर आयोजनामा एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ… पुरा पढौ

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित

काठमाडौं, २० असार । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका… पुरा पढौ

सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गर्नहुन्न- सञ्चारमन्त्री गुरुङ

पाटन (ललितपुर), २० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताएका छन् । ललितपुरको गोदावरीमा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले नारामा मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेर मात्रै नहुने बताए। समृद्ध र सुखी नेपालीका लागि शान्ति, स्थिरता, सङ्घीय ढाँचाको समावेशी राज्य, अधिकारको बाँडफाँट, उनीहरुको आफ्नो प्रतिनिधित्व आवश्यक रहेको उनले उल्लेख गरे। “समाजमा भाषिक समुदाय, जातीय समुदायबीच असमानता… पुरा पढौ

चाहेर पनि भारु ५ सय माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २० असार । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० देखि माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० देखि ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक पर्ने आशय व्यक्त गरे। “हाम्रो मात्रै निर्णयले भारु ५०० दरका नोट यहाँ चलाउन सम्भव छैन । हामीले फेरि भारत पठाउनुपर्ने भएकाले त्यो सहज छैन, त्यसभन्दा साना दरका नोटमा भने समस्या छैन”, अर्थमन्त्री पौडेलले भने… पुरा पढौ

साउन ६ गतेदेखि करिब २ अर्बकाे हकप्रद निष्काशन गर्दै नेपाल इन्स्योरेन्स

काठमाडौं, २० असार । नेपाल इन्स्योरेन्सले ३४.७८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने जनाएकाे छ । कम्पनीले साउन ६ गतेदेखि १०ः३.४७८३ रेसियाेमा १ करोड ८९ लाख ८ हजार ७८२.३१ कित्ता हकप्रद सेयर खुलाउने भएकाे हाे । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ बराबरको हकप्रद सेयर खुलाइनेछ । यसैकाे प्रयाेजनकाे लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेकाे थियाे । यसअनुसार जेठ २९ गतेसम्म शेयर काराेबार गरेर कायम भएका शेयरधनीले हकप्रद शेयरमा… पुरा पढौ

सिद्धार्थ बैंकले असार २९ गतेदेखि साढे २ अर्बकाे ऋणपत्र बिक्रीमा ल्याउदै

सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र बिक्री खुलाउने बताएकाे छ। बैंकले १० वर्षे अवधि रहेको एसबिएल डिबेञ्चर २०९१’ निष्काशन गर्ने भएकाे हाे । यसकाे वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहने जनाइएकाे छ । प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता बिक्रीमा ल्याइने भएकाे छ । यसमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिनेछ । बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। सर्वसाधारणका लागि रहेकाे… पुरा पढौ

स्पनेको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किदै

काठमाडौं, २० असार । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको… पुरा पढौ