मुख्य समाचार

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

काठमाडौं, २५ जेठ । हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ बलियो आधार बनेको छ । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलाका रूपमा स्थापित मार्टको पाँचौँ संस्करण हालै काठमाडौँमा सम्पन्न भएको छ । यही जेठ २० देखि २२ सम्म भएको मार्टले अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन, सहकार्य र दिगो पर्यटन विकासका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको आयोजक प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ । मार्टको पाँचौ संस्करणमा विश्वका ३०… पुरा पढौ

आयल निगमका गण्डकी प्रदेश प्रमुख चित्तरञ्जनलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम… पुरा पढौ

नेप्सेमा ११.०६ अङ्ककाे गिरावट, ९ अर्बकाे काराेबार

काठमाडौं, २५ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ । आज जलविद्युत् समूह एक दशमलव २२… पुरा पढौ

सरकार सही नीतिमा अघि बढेको छ, विपक्षीकाे फाटो ल्याउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहोर्याए। “हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो… पुरा पढौ

टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपाल टेलिकमको जिएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेसलगायत सेवाको बिलिङका सम्बन्धमा गैरकानुनी तरिकाले खरिद बिक्री गरी अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको हो । आयोगले सोसम्बन्धी उपकरण खरिदका सम्बन्धमा बदनियत राखिएको र सार्वजनिक सम्पत्तिको हिनामिना भएको उल्लेख गरेको… पुरा पढौ

सच्याइयाे निर्णय, घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट नचाहिने

काठमाडौं, २५ जेठ । एक सातामै सरकार घरजग्गा कारोबार गर्दा अनिवार्य रुपमा खरदिकर्ता र बिक्रीकर्ताले बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने निर्णयबाट पछि हटेकाे छ । संशोधन गरिएकाे व्यवस्थामा अब घरजग्गा कारोबार गर्दाका बखत् बैंक स्टेटमेन्ट नचाहिने भएकाे हाे । सरकारकाे निर्देशनबाट बैंक स्टेटमेन्टसम्बन्धी व्यवस्था हटाइएको छ । खरिदकर्ता, बिक्रीकर्ता र एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रुपमा केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि निर्देशनले हटाएकाे छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २० गते घरजग्गा कारोबार गर्दाकाे बखत् खरिदकर्ता र बिक्रीकर्ताले बैंक स्टेटेमन्ट… पुरा पढौ

तरलता बढेपछी रु २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं, २५ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज रुपैयाँ २० अर्ब निक्षेप खिच्न लागेकाे छ। बैंकले बोलकबोलमार्फत २० अर्ब निक्षेप खिच्न लागेको जनाएकाे हाे । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ काे सुरुबाटै बैंकले तरलता खिचिरहेकाे छ । बैंकका अनुसार हाल कुल निक्षेप ६९ खर्ब ४५ अर्ब बढी भएकाे छ । निक्षेप रकम लगातार बढेकोले अनलाइन प्रणालीबाट बोलकबोल गरिदैछ । यसकाे ब्याजदर बोलकबोलको माध्यमबाटै हुने भएकाे छ । आज बोलकबोल… पुरा पढौ

ग्रामीण विकास र समाज लघुवित्तले पाए मर्जरकाे सहमति

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिनका लागि सैद्धान्तिक सहमति दिएकाे छ । राष्ट्र बैंकले जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको जानकारी गराएको जनाइएकाे छ । दुबै लघुवित्तले गएकाे फागुन १८ गते मर्जरका लागि सम्झौता गरेका थिए । पुरा पढौ

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ, २५ जेठ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए। उनका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा(कोरलानाकासम्म २० वटा सडक र २३ वटा… पुरा पढौ

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी-डा महत

काठमाडौं, २५ जेठ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ । विसं २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य, २०७० सालदेखि २०७४ सम्म संविधानसभा सदस्य रहनुभएका… पुरा पढौ