मुख्य समाचार

‘जेठो हिमाल’ अन्नपूर्णको हीरक महोत्सव मनाईँदै, जेठ २० गते प्रधानमन्त्री ओली सरिक हुने

नारच्याङ (म्याग्दी), १८ जेठ । यहाँस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सव शुभारम्भ गरिएको छ । आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले… पुरा पढौ

यस्ताे छ आज ताेकिएको विदेशी मुद्राको भाउ

काठमाडौँ, १८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा… पुरा पढौ

मुक्तिनाथधाममा पदमार्ग निर्माण अन्तिम चरणमा

मुस्ताङ, १८ जेठ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो । आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए। यसका लागि मुक्तिनाथ रानीपौवा बजारमा रु एक करोड… पुरा पढौ

हवाई भाडामा लाग्ने भ्याट नहटाएकाेमा नाट्टाकाे असन्तुष्टि

काठमाडौं, १७ जेठ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज विज्ञप्ती जारी गरी सरकारद्वारा सार्वजनिक गरिएको आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताईन् । “दुई वर्षदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतः राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष… पुरा पढौ

लोपोन्मुख राउटेद्वारा ‘काठकाे पन्यू’ बनाएर कला प्रदर्शन

काठमाडौँ, १७ जेठ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा आज लोपोन्मुख समुदाय राउटेले काठको पन्यू बनाएर प्रदर्शन गरेका छन् । जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी राउटेले प्रत्यक्ष कला कार्यशाला (लाइभ आर्ट डेमोस्ट्रेसन)मा आफ्ना मौलिक कला प्रस्तुत गरेका हुन् । राउटेहरूको यो हस्त तथा शिल्पकला दैनिक जीवनमा प्रयोग हुँदै आएको छ । ललितकला प्रदर्शनीको इतिहासमा पहिलोपटक काठमाडौँ आएर प्रत्यक्ष कला सिर्जनामा सहभागी हुन एक समूह बनाई चार जना राउटे काठमाडौँ आएका छन् । उक्त समूहले शुक्रबार काठको कोसी (आरी) बनाएर… पुरा पढौ

जनताले लडेर गणतन्त्र ल्याए, पछाडि फर्कन सम्भव छैन: प्रधानमन्त्री ओली

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासनका हुन नसकेकाले जनताको लामो सङ्घर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व भएको बताएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ सुदृढ बनाउनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताए। “निरङ्कुश हुकुमी शासनकालमा यस्ता सङ्घसङ्गठन खुल्ने स्थिति थिएन । अहिले तपाईँहरु पेसागत र व्यावसायिक… पुरा पढौ

अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)

काठमाडौँ, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे… पुरा पढौ

वीरगञ्ज नाकाबाट चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज (पर्सा), १७ जेठ । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । जबकी आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने रु दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका… पुरा पढौ

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी-पहिरोकाे जोखिम सुरू

काठमाडौँ, १७ जेठ । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको… पुरा पढौ

गड्डाचौकी-अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने 

कञ्चनपुर, १७ जेठ । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नीका लागि रु २१ अर्ब १९ करोड बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ । ‘एसियन हाइवे स्टयाण्र्ड’ को सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको विकासमा टेवा पु¥याउने भएको छ । बजेटअनुसार आधुनिक तरिकाले सडक पूर्वाधारका कार्य हुने भएका छन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले… पुरा पढौ