मुख्य समाचार

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न

काठमाडौं, २२ वैशाख । काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट मुलुकले धेरै ठूलो आशा गरेको बताए। उनले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको भएपनि हालसम्म त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा दुःख लागेको उल्लेख गरे। गैर आवासीय नेपालीलाई प्रदान गरिने… पुरा पढौ

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

लमजुङ, २२ वैशाख । यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । तर अब ती इतिहास भइसके । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् ।… पुरा पढौ

गभर्नर सिफारिस समिति सदस्यमा पूर्वगभर्नर अधिकारी नियुक्त

काठमाडाैं, २१ वैशाख । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले उक्त जानकारी दिए। बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि संयुक्त राज्य अमेरिका जान बिदा स्वीकृत गर्ने निर्णय गरेको छ । उनको अनुपस्थितिमा… पुरा पढौ

५ प्रतिशतभन्दा बढीकाे आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋणको आकार बढाउनुपर्छ: डा.खतिवडा

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकाससिल राष्ट्रमा स्तरोन्नती हुने विश्वास व्यक्त गरेका छन् । आइविएन मिडिया एण्ड रिसर्च प्रा.लिले नेपाल टेलिभिजनबाट प्रशारण गरिरहेको साप्ताहिक आर्थिक कार्यक्रम अर्थको अर्थ ३१ औं वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश अवसरमा आयोजित “पूर्व बजेट अन्तरक्रिया” कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वर्तमान अवस्थामा मुलुकका सवै आर्थिक सूचकहरु सकारात्मक… पुरा पढौ

नेप्से ३.४४ अंकले घट्याे, ९ अर्ब २४ कराेडकाे काराेबार

काठमाडौं, २१ वैशाख । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आइतबार शेयर बजारमा गिरावट भएकाे छ । नेप्से परिसूचक ३.४४ विन्दुले घटेर २६२०.३९ विन्दुमा रहेकाे छ । यसदिन कुल ९ अर्ब २४ करोड बढीको कारोबार भएको छ । नेप्सेका अनुसार ४ कम्पनीमा सकारात्मक सर्किट लागेकाे छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । पछिल्ला दिनहरुमा कारोबारकाे अधिकांश अन्तिम समयमा सूचक घट्ने गरेको पाइएको छ । समग्रमा बजार लामो साइडवेजमा रहेकाे छ । जानकारहरुका अनुसार अब बजारले लय बद्लेर सकारात्मक माहोलतिर… पुरा पढौ

राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन

लमजुङ, २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उहाँको शालिक अनावरण गरेका छन् । उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरे । साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गरे । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक… पुरा पढौ

‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’

काठमाडौं, २१ वैशाख । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिए। राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद… पुरा पढौ

प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूूर्यबहादुर थापाले प्युठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा प्युुठानबाट निर्वाचित सांसद थापाले भालुवाङ–प्युुठान, बाग्दुुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्गलगायत योजनाका लागि ध्यानाकर्षण गराए। सांसद थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका, भालुवाङबाट प्युुठान जिल्ला सदरमुकाम जोड्ने भालुवाङ–प्युुठान मोटरबाटोलाई चकचके–भिङ्गृ–लिबाङ एवं चकचके खलङ्गासम्म दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गर्न आग्रह गरे ।… पुरा पढौ

‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली (आलेख)

मेघौली (चितवन), २१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका आरामदायी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो । पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पु¥याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो । काठमाडौँबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जङ्गल प्रवेश गर्दथे । जानकारहरुका अनुसार त्यो… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको नाफामा ४० प्रतिशतकाे बृद्दि

काठमाडौं, २१ बैशाख। कास्कीकाे बिजयपुरमा प्रधान कार्यालय रहेकाे ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको चैत मसान्तसम्म १५ करोड भन्दा बढी नाफा कमाउन सफल भएको छ। कम्पनीले गत आवको यस अवधिमा १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद नाफा बढेको देखिएकाे छ। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष कम्पनीको ईपीएस २३ रुपैयाँ १० पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ। त्यस्तै यस वित्तीय संस्थाको… पुरा पढौ