मुख्य समाचार

नागरिक लगानी कोषले दियो साढे एक अर्ब प्रतिफल

काठमाडौं, ८ वैशाख । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई रु एक अर्ब ५२ करोड प्रतिफल प्रदान गरेको छ । कोष सञ्चालक समितिको बैठकले विसं २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो । बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो । पुरा पढौ

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि हुने

काठमाडौं, ८ वैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो । समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए। “विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ”, उनले भने, “निष्पक्षताका लागि लड्नैपर्ने रहेछ । अब नयाँ ढङ्गले एनआरएनए बनाएर अगाडि… पुरा पढौ

नौ महिनामा साढे ६२ अर्ब बढीको भटमासको तेल निर्यात

काठमाडौं, ८ वैशाख । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल रू एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै रू ६२ अर्ब ७८ करोड २३ लाख… पुरा पढौ

नेप्से सामान्य अङ्कले घट्याे, ८ अर्ब ७७ करोडकाे काराेबार

काठमाडौं, ८ वैशाख । साताकाे शेयर काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाली शेयर बजारमा सामान्य गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७… पुरा पढौ

सांग्रिला बैंककाे नाफामा ६१.१९ प्रतिशतले बृद्धि

काठमाडौं, ८ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा राम्राे सुधार भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ ४३ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । बैंकले गरेकाे यो नाफा गत वर्षको यसै अवधिकाे भन्दा ६१.१९ प्रतिशतले बढी हाे । गएकाे वर्ष साेहि अवधिमा बैंकले रूपैयाँ २६ करोड ९३ लाख खुद नाफा गरेकाे थियो । खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेकाे छ । जाे रूपैयाँ १ अर्ब ४२ करोड रुपैयाँ रहेकाे… पुरा पढौ

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

बागमती, ८ वैशाख । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए। कर नबुझाएका करदाताबाट करिब रु ६० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । “पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि… पुरा पढौ

आउँदो मनसुन र सम्भावित महामारीको जोखिम (विचार)

काठमाडौं, ८ वैशाख । “यो वर्ष कुन सङ्क्रमण प्रकोप÷महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ । यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ । एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि… पुरा पढौ

‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’

काठमाडौं, ८ वैशाख । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो । “राजस्व परिचालनमा आगामी आर्थिक वर्षमा पनि उल्लेख्य सुधार हुने सम्भावना कम रहेको छ । वैदेशिक अनुदान… पुरा पढौ

सुनमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख ९१ हजार

काठमाडाैं, ८ बैशाख । साताकाे सुनचाँँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सुनचाादी बजारमा सुनकाे भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ । पछिल्ला दिनहरूमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। भाउ बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गएकाे बैशाख ४ गते सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे । महासंघले यसदिन चाँदीको मूल्य स्थिर रहेको जनाएकाे… पुरा पढौ

जलविद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई चैते धान रोप्न समस्या

खोटाङ, ८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत्गृह)बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ ।… पुरा पढौ