काठमाडौं, १६ चैत । शुक्रबार तिनकुने क्षेत्रमा भएका हिंसात्मक आन्दोलन, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिको विरोध जनाउँदै निजी क्षेत्रका पेसागत सङ्गठनले दोषीलाई कारबाहीको माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् । महासङ्घले निजी सम्पत्ति, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, विभिन्न कार्यालय तथा व्यापारिक गतिविधिमा भएको आक्रमण, आगजनी तथा लुटपाटको विरोध जनाउँदै क्षतिपूर्तिको मागसमेत गरेको छ । “संविधानप्रदत्त अधिकारभित्र रहेर…
पुरा पढौ