मुख्य समाचार

पोखरामा आजबाट ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै

पोखरा, १५ फागुन । पोखरा । पाेखरामा आजबाट एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुँदैछ । बुकवर्म फाउन्डेसनले आयोजना गरेको बाह्रौं संस्करणको यो फेस्टिभल फागुन १८ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा सञ्चालन हुनेछ । फेस्टिभलको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बिहान ११ बजे उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन् । उद्घाटन समारोहमा विद्वतप्रवचन प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले दिनेछन् । अनिल शाही र समुहको विशेष साङ्गीतिक प्रस्तुती तथा लोक चित्रकारको चित्रकला प्रदर्शनी समेत… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६… पुरा पढौ

आज मगर एकता दिवस, नवलपुरका स्थानीय तहमा बिदा

मध्यविन्दु (नवलपरासी), १५ फागुन । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए। “मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने… पुरा पढौ

सुन्दर रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

ढोरपाटन (बागलुङ), १५ फागुन । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ । चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको रु २५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए। जङ्गलको बीचमा रहेको रुद्रताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उनले… पुरा पढौ

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

चितवन, १४ फागुन । भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए। भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ । नेपालको बजारमा ४०… पुरा पढौ

‘नेपाल-भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाअन्तरगतको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । “नेपाल र भारतबीच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ । जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ । यी साझा विशेषताहरूले हामीलाई इतिहास र… पुरा पढौ

साढे ३ अर्बको नागरिक र वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाडौं, १४ फागुन । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु तीन अर्बको नागरिक बचतपत्र र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । यहि फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म बचतपत्रका बिक्री खुला रहने र उक्त अवधि अगावै… पुरा पढौ

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीकाे पानी वाग्मतीमा छाडियो

काठमाडौं, १४ फागुन । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए। “हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौँ । आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी… पुरा पढौ

मोटोपन र मुटुरोगको अन्तर्सम्बन्ध (विचार)

काठमाडौं, १४ फागुन । केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रुपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ । अहिले अधिकांश मानिस आफूलाई स्वस्थ राख्न मोटो हुनबाट निकै सचेत रहेको पाइन्छ । मोटोपनबाट हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा जानकारी राख्नेहरूको सङ्ख्या बढ्दैछ । मोटोपनलाई रोगको घरको रुपमा लिन थालिएको छ । यद्यपि, कतिपय मानिसहरू चाहेर वा नचाहेर पनि मोटोपनको सिकार बनेका छन् । मोटोपन भएकालाई जुन कारण र जति… पुरा पढौ

बीवाईडी हाई-टेक विक २०२५ फागुन १५ देखि हुने

काठमाडाैं, १४ फागुन । साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । साइमेक्स नेपालमा बीवाईडीको आधिकारिक विक्रेता हाे । कम्पनीले याे इभेन्ट एउटा क्रान्तिकारी इभेन्ट भएकाे जनाएकाे छ । यस अनुसार याे इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्नेबारेमा क्रान्तिकारी परिवर्तन ल्याउने खालकाे भएकाे जनाइएकाे छ । बीवाईडी हाई–टेक विक २०२५ द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च २ (फागुन १५ देखि १८) सम्म आयोजना हुने भएकाे छ । यसै अवसरमा इभेन्ट न्यु इनर्जी भेइकल्स… पुरा पढौ