मुख्य समाचार

लाभांश पारित गर्न नेष्डाे लघुवित्तले डाक्याे एजिएम

काठमाडौं, १४ फागुन । नेष्डो लघुवित्त वित्तीय संस्थाले लाभांशकाे प्रस्ताव पारित गर्नका लागि आगामी चैत्र १० गते साधारण सभा डाकेकाे छ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बाेलाइएकाे छ । कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयाेजना लागि ०.२५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएकाे छ ।  सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरूमाथि छलफल गरी… पुरा पढौ

सुनमा रु ८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १४ फागुन । साताको सुनचाँदीको कारोबार हुने र्चाैथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ३० ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर… पुरा पढौ

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा-अधिकांश दर यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ । “मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने… पुरा पढौ

फागुन कृष्ण चतुर्दशीः महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं, १४ फागुन । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्… पुरा पढौ

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

धरान (सुनसरी), १४ फागुन । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउछन्। उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका छन्। “पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा… पुरा पढौ

इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

हेटौँडा (मकवानपुर), १४ फागुन । हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गरे। वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गरेका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहेका छन्। साउदी अरबमा छँदा गाडी चलाएका उनले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी… पुरा पढौ

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । गएकाे वर्षमा माघकाे २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आएकाे थियाे । मौद्रिक नीतिको समीक्षामा  इभीकाे लाेन टु भ्यालू रेसियाे ६० प्रतिशत कायम गरिएकाे छ । यही सयममा अर्थमन्त्री विष्णु पौडेल पाेखरा भ्रमण वर्षकाे उद्घाटन गर्दा बेलुन पड्केर घाइते भएपछि र अर्थमन्त्रालयमा सचिवकाे हेरफेर हुँदा ढिलो भएकाे हाे । 638761079515873742Download पुरा पढौ

अब बैंक तथा वित्तीय संस्थाले कृषि र ऊर्जा क्षेत्रको कर्जा खरिदबिक्रीकाे अभिलेख अनिवार्य राख्नुपर्ने

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई एक आपसमा खरिदबिक्री गर्दा लेनदेनको अभिलेख अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएकाे जनाएकाे छ । बैंकले एकीकृत निर्देशन संशोधन गरेर कर्जा खरिदबिक्री गर्दा उक्त कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेखन गर्नुपर्ने व्यवस्था गरेको छ । साे खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको उल्लेख… पुरा पढौ

आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेश गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताए । “विधेयकमा प्रेस काउन्सिलले गरिरहेको काम अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहनेछ, अधिकारका विषय समितिमा थप छलफल गरिनेछ, आचारसंहिता र कारबाहीका कुरा माथि पनि छलफल चल्नेछ”, उनले भने, “परिषद्लाई… पुरा पढौ

देश विकास हुँदैछ, युवा निराश हुनु पर्दैन-प्रधानमन्त्री

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताएका छन्। जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन, सरकारले केही गरेन भन्न नमिल्ने बताए । उनले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए । “खान लाउन… पुरा पढौ