मुख्य समाचार

किसानलाई प्याजखेती प्रवर्द्धनमा ५० प्रतिशत अनुदान

झापा, ४ फागुन । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले… पुरा पढौ

रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

काठमाडौं, ४ फागुन । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस रेटिङ’ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायत विषयको विश्लेषण गरी रेटिङ गरिएको इक्रा नेपाल लिमिटेडले जनाएको छ । “डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको… पुरा पढौ

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र पाेखरा महानगर प्रमुख आचार्यको स्वास्थ्यबारे जानकारी

काठमाडौ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उनीहरु दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका थिए। दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उहाँहरुको उपचारमा संलग्न चिकित्सकले… पुरा पढौ

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : सांसद पुन

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताएका छन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणालीको परिवर्तनसँगै एकसाथ राजनीतिक स्थिरता र समावेशितामा फड्को मार्न सकिने विश्वास व्यक्त गरे। विसं २०५३ का नेकपा (माओवादी) रोल्पा र प्यूठानको सचिव, २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य, २०५९ मा पोलिटब्युरो सदस्य, २०६३ मा सचिवालय सदस्य हुँदै हाल पार्टीको उपमहासचिव रहेका नेता पुनले शान्ति तथा पुननिर्माण,… पुरा पढौ

रू ४० अर्बको निक्षेप संकलनमा आज बाेलकबाेल हुँदै

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको धरै तरलताकाे व्यवस्थापन गर्नका जारी गरेकाे ४० अर्ब रुपैयाँको निक्षेप संकलनमा आज बाेलकबाेल हुँदैछ । राष्ट्र बैंकले २१ दिनकाे अवधिकाे लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हाे । यसमा बाेलकबाेल गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन पेश गर्न सक्ने भएक्छा छन्। उसकाे साँवा र ब्याज भुक्तानी अवधि फागुन २५ गते ताेकिएकाे छ ।  बैंकका अनुसार ब्याजदर बोलकबोल बाट निर्धारण गरिने भएकाे छ । यसम… पुरा पढौ

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला-राष्ट्रपति

काठमाडौं, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन्। आज आयोजित पाँचौं ‘ल एशिया’ तथा अन्तरराष्ट्रिय मानव अधिकार सम्मेलनमा उहाँले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने बताए। नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले हामीलाई त्यस्तो समाज निर्माणका लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो । नेपालले लोकतन्त्र प्राप्तिका लागि लामो र कठिन यात्रा तय गरेको उल्लेख गरे। राष्ट्रपति… पुरा पढौ

लाभांश पारित गर्न आइएमई लाइफले डाक्याे एजिएम

काठमाडाैं, ४ फागुन । लाभांश अनुमाेदनका लागि आइएमई लाइफ इन्स्योरेन्सले ८ औँ वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि यसअघि घोषणा गरेको लाभांश अनुमाेदनका लागि साधारण सभा डाकेकाे हाे । कम्पनीका अनुसार साधारण सभा फागुन २५ गते पूर्वान्ह ११ बजे दियो महल, धुम्बाराही, काठमाडौँमा बोलाइएको छ। सभाबाट २१.०५२६४ प्रतिशत नगद लाभांशकाे प्रस्थाव पारित गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, विवध खर्चहरुकाे अनुमोदन लगायतका… पुरा पढौ

सुन तोलामा रु २७ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौ, ४ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २७ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २७ सयले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १ हजार ९… पुरा पढौ

हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै

बागमती, ४ फागुन । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर… पुरा पढौ