मुख्य समाचार

काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ । तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै… पुरा पढौ

बिहानै ६.१ म्याग्निच्यूडको भूकम्प गयाे, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ, १६ फागुन । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राति २ बजेर ५१  मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ । भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन । पुरा पढौ

साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरूङ

पाेखरा, १५ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन्। ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए। भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताए। उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए। “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री गुरूङले… पुरा पढौ

नेप्सेमा ४९.१५ अंकको बृद्धि, ११ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, १५ फागुन । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । नेप्सेको हरियाली वातावरणले लगानीकर्ताहरलाई उत्साही बनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८१÷०८२ को अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि शेयर बजारले त्यतिधेरै प्रतिकुल नमानेपछि सकारात्मक सुधारका संकेतहरु देखिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झण्डै ५० को घेरो नजिक पुगेको छ । कारोबार रकम पनि केहि बढेको छ । नेप्सेमा ४९.१५ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २९१५.०४… पुरा पढौ

भूकम्पपछिको पुर्ननिर्माणले तिव्रता पाउँछ : गृहमन्त्री लेखक

काठमाडौं, १५ फागुन । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताएका छन् । सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए। भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनगर्नेे तयारी गरिएको उनले जानकारी दिए। “हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि… पुरा पढौ

घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याएको बताए । उनले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको दश वर्ष… पुरा पढौ

लाभांश र हकप्रदकाे प्रस्ताव अनुमाेदन गर्न युनाईटेड इदी मार्दीले डाक्याे साधारण सभा

काठमाडाैं, १५ फागुन । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश तथा हकप्रद शेयर जारी गर्नका लागि प्रस्ताव अनुमाेदन गर्न १५ औँ साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । साधारण सभा पाेखरा १७ घारिपाटनमा रहेकाे आभ्या क्लबमा यही चैत ११ गते बोलाइएको छ । साे सभा पूवान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट ४ प्रतिशत बोनसशेयर तथा कर प्रयोजनका लागि ०.२११ प्रतिशत… पुरा पढौ

अरनिको राजमार्ग : धुलिखेल-खावा सडकखण्डको ठेक्का रद्द

काभ्रेपलाञ्चोक, १५ फागुन । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा आज रुपैयाँ… पुरा पढौ

७ महिनामा वीरगञ्ज नाकाबाट ४० अर्बकाे सामान निर्यात

वीरगञ्ज (पर्सा), १५ फागुन । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै रु १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । मुलुकभर… पुरा पढौ