मुख्य समाचार

चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती

बेलबारी (मोरङ), ११ माघ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू… पुरा पढौ

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जानलाई रोक

काभ्रेपलाञ्चोक, ११ माघ । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ । आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत… पुरा पढौ

निजी क्षेत्रसँगको सहकार्यले समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी, ११ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, २०८१ को बिहिबार पाेखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए । निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उनले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको… पुरा पढौ

स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू

काठमाडौं, १० माघ । राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोगले १६औँ विकास योजनाको कार्यान्वयन योजना तयार गर्दै उक्त प्रणाली लागू गरेको जनाएको छ । उक्त प्रणालीले समानता र वित्तीय सङ्घीयतामा मुख्य प्रभाव पार्ने आयोगको भनाइ छ । आयोगका अनुसार उक्त प्रणालीमा पालिका र प्रदेशको राजस्व क्षमताको स्तर समृद्धि, भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण गरिएको छ । “स्रोत वितरण गर्दा यो श्रेणीकरणलाई आधार मानिनेछ । जसले गर्दा… पुरा पढौ

मासु तथा अण्डामा नेपाल आत्मनिर्भर

चितवन, १० माघ । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चले कोभिडका समयमा नेपाली बजारमा अण्डाका माग ह्वात्तै घटी नगन्यमात्रामा कारोबार भएपछि विस्थापित हुनपुगेका पोल्ट्री व्यवसायीलाई एकपटकका लागि राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गरेको छ । कोभिड महामारीका कारण लगानी डुबेका बाहेक अधिकांश कृषकले आफ्नो व्यवसायलाई समयसापेक्ष… पुरा पढौ

अन्तिम दिन नेप्सेमा करेक्सन, पौने ८ अर्बको कारोबार

काठमाडौं, १० माघ । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक २६५४.३५ विन्दुमा रहेको छ । नेप्सेमा ०.४१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९९ अंकले घटेर ४४६.८१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१८ वटा कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

पोखरा फाइनान्स लिमिटेड वाणिज्य बैकसँग मर्जरमा जाने निश्चित,यसै साता मर्जर सम्झाैता हुने

काठमाडाैं, १० माघ। अन्तत: पोखरा फाइनान्स लिमिटेड वाणिज्य बैकसँग मर्जरमा जाने निश्चित भएकाे छ। हिजाे बुधबार साँझ बसेको फाइनान्स सञ्चालक समितिको बैठकले एक अग्रणी वाणिज्य बैकसँग मर्जरमा जाने निर्णय गर्दै समिति समेत गठन गरेको बताएकाे छ। कुन वाणिज्य बैकसँग मर्जरमा जाने भन्ने बिषयमा नखुलाइएपनि संम्भवत यसै साता दुबै बैकबिच सम्झाैता हुने तयारी रहेकाे बुझिएकाे छ। सोही बमोजिम संचालक तिल बहादुर गुरूङकाे सम्याेजकत्वमा मर्जर समिति गठन गरि कार्य अघि बढाइ सकिएकाे छ । साथै नेप्से लगायत नियामक निकायलाइ यस सम्बन्धि जानकारी… पुरा पढौ

६ महिनामा पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

वीरगञ्ज, १० माघ । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन भएकाे छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार… पुरा पढौ

हिमाल जोगाउने अभियानमा जुट्दै गाउँपालिका

फुङ्लिङ (ताप्लेजुङ), १० माघ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या… पुरा पढौ

ओम मेगाश्रीले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडाैं, १० माघ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएकाे छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हाे ।   कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको बताएकाे छ।   साथै कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९०… पुरा पढौ