मुख्य समाचार

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चार मन्त्री गुरूङ

काठमाडौं, ३० माघ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । सङ्घीय संसद्मा छलफलको क्रममा रहेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अलोकतान्त्रिक समूहबाट केही विरोध आएको भए पनि वास्तवमा सामाजिक सद्भाव र सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी बन्न लागेको विधेक हितकर रहेको मन्त्री गुरूङले प्रष्ट पारे । सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्र्दभमा नेपाल दुरसञ्चार प्राविधिकरणद्वारा आयोजित राष्ट्रिय… पुरा पढौ

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं, ३० माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी… पुरा पढौ

रुग्ण उद्योग पुनः सञ्चालनकाे ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा उनले सरकार निजी क्षेत्रको साझेदारीको ढाँचामा जान तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरे । प्रधानमन्त्रीले ऐनकानुन सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तत्पर रहेको बताए। उनले भन्सार… पुरा पढौ

नेप्सेमा ६.५४ अंकको बृद्धि, ७ अर्ब २४ करोडको कारोबार

काठमाडौं, २९ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा रहेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.५० अंकले घटेर ४५०.१५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २९९ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड… पुरा पढौ

नेपाल भ्रष्टाचार अवधारणा सूचकांकमा १०७ औं स्थानमा

काठमाडौं, २९ माघ । सन २०२४ मा नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा ३४ अंकसहति १०७ औं स्थानमा रहेको छ । यसअभि ३५ अंकसहित १०८ औं स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ मा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा रहेको देखिएको छ । नेपालले १०० मा ३४ अंक पाएको छ । जुन गत वर्ष ३५ रहेको थियो । प्रकाशित नतिजाले भ्रष्टाचार विरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडी बढाउन अत्यन्त जरुरी भएको औंल्याएको छ ।… पुरा पढौ

रु ५१ अर्ब बढी लाग्ने सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी (आलेख)

हुप्सेकोट (नवलपुर), २९ माघ । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले सबैभन्दा बढी यो खानी हुप्सेकोटका जनताको जीवनसँग जोडिएकाले यथाशक्य सञ्चालनको माग गरे । धौवादी फलाम खानी सञ्चालनमा तीनै तहका सरकारका साथै निजी… पुरा पढौ

रु १ करोड लगानीमा लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर (नवलपरासी), २९ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहयोगमा रु एक करोड लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । उनका अनुसार, राजमार्गसँगै जोडिएको मेरो पाँच कट्ठा जमिन थियो, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर उक्त जमिनमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएँ । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ… पुरा पढौ

आम सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद शाह

काठमाडौं, २९ माघ । राष्ट्रियसभामा आएको तीन वर्षका अवधिमा आफूले निर्वाह गरेको भूमिकाप्रति म सन्तुष्ट छु । आफ्नो योग्यता र क्षमताको हिसाबले सांसद्को भूमिकामा महत्त्वपूर्ण समय दिएजस्तो लाग्छ । म हाल सार्वजनिक नीति प्रत्यायोजित तथा विधायन समितिको सदस्य छु । समितिमा रहेर अध्ययन गर्दा के देख्यौँ भने ऐनभन्दा नियमावली ठूलो, नियमावलीभन्दा विनियमावली ठूलो अनिविनिमियावलीभन्दा कार्यविधि । पूरै अधिकार क्षेत्र नै पार गरेको पायौँ । कर्मचारीले आफ्नो अनुकूल कसैको इच्छामा निर्देशिका, कार्यविधि, मापदण्ड बनाएका देख्यौँ । प्रत्यायोजित विधायनको सन्दर्भमा छुट्टै एउटा… पुरा पढौ

सप्तरीमा रु ४ अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

सिरहा, २९ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। “यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक… पुरा पढौ

चन्द्रागिरी हिल्सकाे नाफा र प्रतिशेयर आम्दानीमा सुधार

काठमाडाैं, २९ माघ । चन्द्रागिरी हिल्सकाे नाफामा सामान्य बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५.७८ प्रतिशतले बढेकाे हाे । पुस मसान्तसम्ममा कम्पनीले रूपैया ६ करोड ६४ लाख खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा तुलनामा ५.७८ प्रतिशत अर्थात रूपैयाँ ६ करोड २८ लाख हाे । कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ ४२ करोड २५ लाख… पुरा पढौ