मुख्य समाचार

एनआईसी एशिया बैंकले यसपटक लाभांश नदिने 

काठमाडाैं, २ माघ । एनआईसी एशिया बैंक लिमिटेडले यसपटक लाभांश नदिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको बैकले जनाएकाे छ। राष्ट्र बैंकबाट गत आवको वित्तीय विवरणहरु स्वीकृत भएपछि साधारण सभा बाेलाइने बताइएकाे छ । पुरा पढौ

विपक्षी दलहरुद्वारा तत्काल संसद् अधिवेशन आह्वानको माग

काठमाडौं, २ माघ । प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो । “जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास हाम्रो समझदारी बनेको छ”, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भने। संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी… पुरा पढौ

लिबर्टी इनर्जीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री गर्दै

काठमाडाैं, २ माघ । लिबर्टी इनर्जीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री गर्दैछ । कम्पनीले १ बराबर ०.५० रेसियाेमा बिक्रीमा ल्याएकाे हकप्रदमा आवेदन नपरेको हकप्रदमा लिलाम बढाबढबाट बिक्री गर्न लागेको जनाएकाे छ । कम्पनीका अनुसार सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद लिलाम बिक्री गर्न लागिएकाे हाे । शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले माघ ९ गतेभित्र बोलपत्र दिज सक्नेछन् । शेयरकाे प्रतिकित्ता भाउ रू १ सय तोकिएको छ। लगानीकर्ताले उक्त मूल्यभन्दा बढी मूल्य राखेर शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ।… पुरा पढौ

भूकम्पबाट जोगिन पूर्व तयारीमा रहनुपर्नेमा बिज्ञहरुको जोड

काठमाडौं, २ माघ । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन्। तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो । विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ… पुरा पढौ

मर्जर प्रक्रियामा अघि बढ्याे पोखरा फाइनान्स

पाेखरा, २ माघ । पोखराकाे न्युराेडमा केन्द्रीय कार्यालय रहेकाे पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ । फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले आफ्ना ग्राहकहरूलाई अधिकतम वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरुलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा फाइनान्सले छलफल शुरु गरिसकेको छ । स्रोतबाट प्राप्त जानकारी अनुसार पोखरा फाइनान्स लिमिटेडकाे बर्तमान संचालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा छलफल गरेर प्रक्रिया अगाडी बढाइसकेकाे छ। तर कुन बैकसँग मर्जमा जाने भन्ने… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९… पुरा पढौ

स्वास्थ्य बिमा ऐन संशोधन, हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं, २ माघ । स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएकाे छ । स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेकामा स्वीकृत भई कानुन संशोधन भएको हो । संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बिमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा… पुरा पढौ

एचएमपिभी भाइरस र हाम्रो अवस्था (विचार)

काठमाडौं, १ माघ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हँुदै गइरहेको भन्ने समाचारले नेपालमा समेत यो भाइरसप्रति चासो ह्वात्तै बढेको देखिन्छ । यो भाइरसले खासगरी हालै चीनमा सयौँ मानिस बिरामी बनाएको, अस्पताल भरिएको, अनि मृत्युसमेत गराइरहेको भनिएको छ । चीनमा नै पहिलोपटक देखिएको कोभिड–१९ ले नेपाललगायत विश्वमा हजारौँ मानिसको मृत्यु गराएको केही वर्ष मात्र भएको हुँदा फेरि चीनमा फैलिएको भनिएको यो भाइरसले… पुरा पढौ

बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३९ र खर्च ३५ प्रतिशत

काठमाडौं, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत… पुरा पढौ

वित्तीय संस्थाद्वारा मधेसमा १ खर्ब पाैने २२ अर्ब कर्जा प्रवाह

वीरगञ्ज (पर्सा), १ माघ । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा रु एक खर्ब २१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०÷८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा बैंक तथा वित्तीय संस्थाले मधेसका औद्योगिक क्षेत्रमा ११ दशमलव दुई प्रतिशतले कर्जा प्रवाह बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले आव २०७९÷८० मा यहाँका औद्योगिक क्षेत्रमा रु एक खर्ब… पुरा पढौ