मुख्य समाचार

सूचना प्रविधिको बढी उपयोगमा अर्थमन्त्री पौडेलको जोड

काठमाडौं, २२ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिएका छन्। साथै उनले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताए । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य छ भने। सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका… पुरा पढौ

समता घरेलु लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, २३ माघ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि माघ २४ बिहिबार बुकक्लोज गर्ने भएकाे छ। शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा कारोबार गरी भएकाे हुनुपर्नेछ । यसरी शेयर काराेबार गरी कायम भएकाहरू नै साे का याेग्य मानिनेछन् । संस्थाको साधारण सभा ११ औं साधारण सभा फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे ११ बजे… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्याे, अन्यकाे कति ?

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर… पुरा पढौ

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर (नवलपरासी), २३ माघ । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए। जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ । गत वर्ष कूल दुई सय २६ हेक्टर… पुरा पढौ

रु १२ अर्ब बढीकाे भटमास र सूर्यमुखी तेल निर्यात

वीरगञ्ज (पर्सा), २३ माघ । वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । गत आवको ६ महिनाको अवधिमा भने रु तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित… पुरा पढौ

गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा, २३ माघ । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए। उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको… पुरा पढौ

लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाहरूको अनुरोध

काठमाडौं, २२ माघ । निजी क्षेत्रका तीन संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै बन्द र हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन् । पाथीभरा क्षेत्रमा केबलकार निर्माण परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत… पुरा पढौ

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक-प्रधानमन्त्री ओली

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताए। विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको साझा प्रयास अपरिहार्य भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, करीब ९ अर्बको कारोबार

काठमाडौं, २२ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४९ अंकले घटेर ४५७.१२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ६९… पुरा पढौ

कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी बढ्याे

काठमाडाैं, २२ माघ । कालिका लघुवित्त वित्तीय संस्थाले नाफा बढाएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १३४.८९ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले रूपैयाँ ४ करोड २१ लाख नाफा गरेकाे छ । जाे गएकाे वर्षमा रूपैयाँ १ करोड ७९ लाख रुपैयाँ थियाे । संस्थाकाे सञ्चालन मुनाफा बृद्धि भएपछि खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । खुद ब्याज आम्दानी ४६.१० प्रतिशतले र कुल सञ्चालन… पुरा पढौ