मुख्य समाचार

जनतालाई अनुभूत हुने विकासमा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

लमजुङ, १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन्। दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए। देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए। उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।” सिंहदरबारको अधिकार गाउँगाउँमा… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, युरो बढ्याे

काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि… पुरा पढौ

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

काठमाडौं, १२ माघ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी उल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त रकम भित्र्याउनका लागि विश्व बैंकसँग आवश्यक वार्ता र छलफल गरी समाधान गर्न सुझाव दिए । पब्लिक पोलिसी पाठशालाले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीति संवादमा सांसद तथा यस क्षेत्रका विज्ञले विश्व बंैकसँग आवश्यक परामर्श र छलफल गरेर समस्या समाधान गर्न सुझाव दिए । सुरुमा उक्त रकम वन विकास कोषमार्फत आउने गरी… पुरा पढौ

शीतलहरकाे जाेखिममा विपन्न परिवार, सुत्केरीलाई सकस

बरहथवा (सर्लाही), १२ माघ । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उनीहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् । सोही बस्तीमा १० दिनकी… पुरा पढौ

अब बिगतकाे जस्तो पढ्न पाएर मात्र हुँदैन-मन्त्री भट्टराई

गोरखा, १२ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन्। गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गरिन्। ‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भनिन्, ‘‘अहिलेको लगानीलाई… पुरा पढौ

काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख

काठमाडौं, १२ माघ । जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर गरे। उनीहरुले भने, “जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुपर्यो ।” कार्यक्रममा जिल्ला… पुरा पढौ

बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला र सुन्तला उपहार

म्याग्दी, १२ माघ । म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो । बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताए । महोत्सवको अवसरमा अगुवा कृषक… पुरा पढौ

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’, अब हिजो झैँ दुर्गम भन्ने रहेन-प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकाेमा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत सो कार्यक्रममा सरिक भए । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक… पुरा पढौ

पोखरा भ्रमण वर्ष २०२५ को तयारीमा महानगरपालिका

पोखरा, ११ माघ । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थपेको छ । घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनाका साथै स्थानीय अर्थतन्त्रमा… पुरा पढौ

सपोर्ट लघुवित्तको नाफामा ७९.३९ प्रतिशतले बृद्धि

काठमाडौं, ११ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेकाे छ । संस्थाको सार्वजनिक भएकाे चालु आर्थिक वर्षकाे दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा ७९.३९ प्रतिशतले बढेकाे हाे । यसरी बढेकाे नाफा रुपैयाँ १ करोड ५५ लाख रहेकाे छ । गएकाे वर्ष साेहि अवधिमा संस्थाले रुपैयाँ ८६ लाख ४२ हजार नाफा गरेकाे थियो ।  संस्थाकाे पुस महिनासम्म खुद ब्याज आम्दानी बढेकाे छ । याे रुपैयाँ २ करोड ९३ लाखबाट बढेर रुपैयाँ ५ करोड १६ लाख भएकाे छ ।… पुरा पढौ