मुख्य समाचार

११औं अटो ट्रेड डायलग दिल्लीमा सम्पन्न, एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुदैछाै‌:अध्यक्ष चौधरी

काठमाडौं, ९ माघ । भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको नाडाले जनाएको छ । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी समूहगत् छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राखे । उनले नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए । सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका… पुरा पढौ

लिबर्टी इनर्जीको शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ९ माघ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको यर लिलामीमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पहिले बिक्री हुन बाँकी रहेकाे ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे हाे । सेयर खरिद गर्न चाहने इच्छुक जो कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले प्रभु बैंक तथा यसका शाखा कार्यालयहरु विराटनगर शाखा, बीरगंज शाखा, जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकीमा पोखरा शाखा, लुम्बिनीमा बुटवल शाखा, कर्णालीमा सुर्खेत शाखा र सुदुरपश्चिममा धनगढी शाखाबाट आवेदन… पुरा पढौ

आइसीएफसी फाइनान्सकाे ३० करोड ऋणपत्रकाे बिक्री खुला

काठमाडौं, ९ माघ । आइसीएफसी फाइनान्सले आजदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे छ । कम्पनीले प्रतिइकाई रुपैयाँ १ हजार मूल्यमा ३ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हो । यसबाट १ लाख ८० हजार इकाई संघ संस्थाहरुलाई बिक्री गरिने भएकाे छ ।  सर्वसाधारणका लागिः रहेकाे ऋणपत्रबाट ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ७ वर्षकाे अविध रहेकाे ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरिएकाे हो । जसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिइने भएकाे छ… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित अन्तिम दिन

काठमाडौं, ९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनिले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बिहिबार भोली बुकक्लोज गर्ने भएकाे छ। इन्स्योरेन्सकाे २५ औँ साधारण सभा माघ २८ गते, होटल भिष्वा, वीरगंजमा डाकिएकाे छ। सभा बिहान ९ बजे बाेलाइएकाे छ। शेयरधनीहरुले साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत… पुरा पढौ

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी, ९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताएका छन् । बेनीमा मङ्गलबार आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताए। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न… पुरा पढौ

अमेरिकी डलर र यूराेको भाउ बढ्याे, अन्यकाे कति ?

काठमाडौँ, ९ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजका… पुरा पढौ

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा, ९ माघ । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन्। “स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उनले भनिन्, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका… पुरा पढौ

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौं, ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गर्नुभएको ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने घोषणा गर्नुभएको छ । उहाँको उक्त घोषणापछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकालले… पुरा पढौ

कर्णाली र सुदूरपश्चिममा बदली, हिमपातको सम्भावना

काठमाडौं, ९ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका धेरै भू–भागमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।… पुरा पढौ

अग्राधिकार सेयर जारी गर्न कामना सेवा बिकास बैंकले पायो स्वीकृती

काठमाडौं ८ माघ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती पाएको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरेर स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको थियो । केन्द्रिय बैंकले मंगलवार अग्राधिकार सेयर जारी गर्नका लागि स्वीकृती प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सफल आवाजलाई बताएका छन । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रयमासिक समिक्षामा गरेको व्यवस्था वमोजिम बैंक तथा… पुरा पढौ