मुख्य समाचार

पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख बढी कृषि अनुदान वितरण

काठमाडौं, २८ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको बताएका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरे। मन्त्री अधिकारीले कृषि सहकारी समूहले रु २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान लिएको जानकारी दिए । यसरी राज्य कोषबाट दिइएको अनुदान… पुरा पढौ

प्राकृतिक स्रोतको सलामी रकममा प्रदेश र स्थानीय तहको हिस्सा बढाइदै

काठमाडौं, २८ पुस । प्राकृतिक स्रोतको सलामी रकम (रोयल्टी) वापतको राजस्व बाँडफाँटमा सङ्घीय सरकारको अधिकार खुम्चाएर प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी थालिएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकनको तयारी भइरहेको जनाएको हो । आयोगले प्रतिवेदन सार्वजनिक गर्दै त्यसमाथि सुझाव मागेको छ । “विद्यमान कानुनमा तहगत सरकारबीच रोयल्टी बाँडफाँटको अनुपात सबै प्राकृतिक स्रोतका लागि समान रहेकामा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन,… पुरा पढौ

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रले दियाे सुझाव

काठमाडौं, २८ पुस । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । समितिले आज नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँग विधेयकमाथि छलफल गरेको हो । त्यसअवसरमा निजी क्षेत्रका प्रतिनिधिले वस्तुहरुको क्वारेन्टिन तथा गुणस्तर परीक्षणका लागि… पुरा पढौ

नेप्से २५‍.४१ अङ्कले घट्याे, काराेबार ४ अर्बमा खुम्चियाे

काठमाडौं, २८ पुस । साताकाे शेयर काराेबार हुने आईतबार पहिलो दिन हाे । यसदिन शेयर बजार राताम्मै भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको ८० लाख ८१ हजार छ सय ३१ कित्ता शेयर ४६ हजार छ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार तीन सय २३ मा खुम्चिएको… पुरा पढौ

इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर

काठमाडौं, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँ, ललितपुरलगायतका विभिन्न… पुरा पढौ

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरे। सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भने। “मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि… पुरा पढौ

नेपाल माइक्रो इन्स्योरेन्सकाे माघ ८ गतेदेखि आईपीओ आउँदै

काठमाडौं, २८ पुस । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेकाे हाे । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो। त्यसमा २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि जारी गर्न लागि हो। कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका… पुरा पढौ

राष्ट्र बैंकले आज रुपैयाँ ४० अर्ब खिच्दै

काठमाडौं, २८ पुस । राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट तरलता खिच्न कार्य जारी राखेकाे । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार रुपैयाँ ४० अर्ब रुपैयाँ खिच्न लागेकाे हाे । केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरण जारी गरेर २१ दिनका लागि रुपैयाँ ४० अर्ब खिच्न लागिएकाे हाे । बैंकहरुमा अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेकाेले निक्षेप संकलन उपकरण जारी गरेर तरलता खिच्न लागिएकाे जनाइएकाे छ । राष्ट्र बैंकले निक्षेप राख्न चाहने बैंकहरुले आज दिउँसाे २ बजेसम्ममा आवेदन दिन पाउने जानकारी गराएकाे छ… पुरा पढौ

रु ७५ करोडका ‘मध्य दरमखोला ए’ हाइड्रोपावर निर्माण हुँदै

ढोरपाटन (बागलुङ), २८ पुस । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ । विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिए। अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको… पुरा पढौ

सुनमा रु १६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, २८ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो । छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनतोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा तोलामा रुपैयाँ १५ ले बढेर तोलाको… पुरा पढौ