मुख्य समाचार

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना व्यक्त

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका छन्। “आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण (प्रवेश) गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ,” शुभकामना सन्देशमा भनिएको छ । “आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर सङ्क्रान्ति र… पुरा पढौ

गरिमा विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

काठमाडौं, १ माघ । लाजिम्पाट काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा पौष २९ गते सोमबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत भएका सम्पूर्ण प्रस्तावहरु उपर छलफल गरी सर्वसम्मतीले पारित गरेको थियाे। विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई प्रस्ताव गरिएको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मतीले पारित गरेको छ । २०८१ पौष १७ गतेसम्म कायम रहेका विकास बैंकका शेयरधनीहरुले मात्र सभाले पारित लाभांस प्राप्त गर्नेछन् ।… पुरा पढौ

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा, अन्यकाे कति ?

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा… पुरा पढौ

बेलायतसँगको सन्धीले नेपाल सार्वभौम राष्ट्रका रूपमा चिनियाे

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गरेका छन् । बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आज आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति आभार प्रकट गरेकाे उनका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। “आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरे। यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् । थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको १२ औं साधारण सभा सम्पन्न

पाेखरा, २९ पुस । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज पौष २९ गते सोमबार पोखरामा सम्पन्न भएको छ । साधारण सभा पोखरा लेकसाईड स्थित बेस्ट रिर्सोटको सभाहलमा भएको थियो । सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । वित्तीय संस्थाका कम्पनी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको सञ्चालनमा भएको उक्त सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए भने उपस्थित सम्पुर्ण महानुभावहरुलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा माइती नेपाललाई १ करोड सहयोग गर्ने घोषणा

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन् । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए । छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरे । प्रधानमन्त्री ओलीले अवलोकनका… पुरा पढौ

राष्ट्र बैंकद्वारा बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई जारी मापदण्डबारे सुझाव माग

काठमाडाैं, २९ पुस । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि जारी गरिएको निर्देशन तथा मापदण्डको मस्यौदाका बारेमा सुझाव दिन अनुरोध गरेको छ । सहकारी ऐन, २०७४ को दफा ३ बमोजिम स्थापना भएका बचत तथा ऋणकाे काराेबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित गर्न जारी गरिएको निर्देशन तथा मापदण्ड’को मस्यौदा राष्ट्र बैंकले आफ्नो वेवसाइटमा राखेर साे सुझाव माग गरेको जनाएकाे छ । मस्यौदामा सदस्यबाट मात्रै निक्षेप संकलन गर्नुपर्ने, प्राथमिक पूँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सकिने… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं साधारण सभा सम्पन्न

काठमाडाैं, २९ पुस । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।२०८१ पुस २९ गते सोमबार, अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न साधारण सभाले डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३ सय २ रुपैयाँ ५५ पैसाको ३.६५१६ प्रतिशतले १२ करोड ५२ लाख ८४ हजार ४ सय १७ रुपैयाँ बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९ सय १७… पुरा पढौ

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

काठमाडौ, २९ पुस । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन… पुरा पढौ