मुख्य समाचार

समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी, १९ पुस । चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो । यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल रू २० वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो… पुरा पढौ

गण्डकी, कर्णाली, सुदूरपश्चिम र हिमाली क्षेत्रमा बदली

काठमाडौं, १९ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति गण्डकी, कर्णाली र… पुरा पढौ

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव सम्पन्न, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाडौं,१८ पुष। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।२०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको… पुरा पढौ

समृद्ध नेपाल निर्माणमा संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औँ बैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृत शिक्षाले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए । प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि… पुरा पढौ

नेप्सेमा ४.६३ अंकको बृद्धि, साढे ४ अर्बको कारोबार

काठमाडौं, १८ पुस । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा सामान्य तवरले बृद्धि भएको छ । कारोबार अघिल्लो दिनको तुलनामा भने केहि बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा अडिएको छ । नेप्सेमा ०.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले घटेर ४४३.५६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल ३१५ वटा कम्पनीहरुको… पुरा पढौ

पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं, १८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए। मन्त्री पाण्डेले भने, “पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि… पुरा पढौ

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन्। पुरा पढौ

१२ निर्माण कम्पनी र आपूर्तिकर्ताहरू यस कारण परे कालोसूचीमा (नामावलीसहित)

काठमाडौं, १८ पुस । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना जारी गर्दै कार्यालयको बुधबारको निर्णयअनुसार ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयकाे कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरिएको छ । पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन… पुरा पढौ

सन् २०२४ मा साढे ११ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, १८ पुस । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा… पुरा पढौ

यी ८ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ पुस । नेप्सेमा सूचीकृत भएका ८ वटा कम्पनीहरुकाे आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । उनीहरुमा ७ कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि शुक्रबार पुस १९ गते  बुक क्लोज गर्ने भएका छन् । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले पुस २१ गते बुक क्लोज गर्ने भएकाे छ। यसकारण आजसम्म शेयर काराेबार गरी कायम भएका सेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन सक्ने भएका छन् । कालिका लघुवित्त वित्तीय संस्था कालिका लघुवित्तले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस दिने… पुरा पढौ