मुख्य समाचार

आज जनवरी १, नयाँ वर्ष इस्वी संवत् २०२५ लाई स्वागत

काठमाडौं, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउछन्। विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस… पुरा पढौ

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं, १७ पुस । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय… पुरा पढौ

पश्चिमी वायुको सामान्य प्रभाव, तराईका धेरै स्थानमा हुस्सु

काठमाडौं, १७ पुसः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले… पुरा पढौ

लगानीको वातावरण बनेमा आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष ढकाल

काठमाडौं,१६ पौष । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले क्षेत्रका मुद्दाहरु सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताउनु भयो । उहाँले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको… पुरा पढौ

नयाँ वर्ष २०२५ सँगै पेट्रोल र डिजेलको भाउ बढ्यो (सूची)

काठमाडौं, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२५ काे सुरुसँगै नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ। निगमले पेट्रोलमा रुपैयाँ १ तथथा डिजेलमा रुपैयाँ २ भाउ बढाएको हो। निगम सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएकाे छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रुपैयाँ २ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ रुपैयाँ १५ घटाएको छ। नयाँ तय भएकाे भाउ अनुसार पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको रुपैयाँ १६३ रुपैयाँ लागू भएकाे छ । पुरा पढौ

नेप्सेमा ३३.०८ अंकको गिरावट, ५ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, १६ पुस । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमामा दोहोरो अंककको गिरावट भएको छ । एउटा बाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.०८ अंकले घटेको छ । नेप्सेमा १.२६ प्रतिशतले गिरावट भई २५७६.५० विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ४.२८ अंकले घटेर ४४४.७१ विन्दुमा रेहेको छ । १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३०८… पुरा पढौ

नेपालमै पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षणले पायाे सफलता

काठमाडौं, १६ पुस। हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भनेका थिए । सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले… पुरा पढौ

सन् २०२४ मा साढे ११ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, १६ पुस । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्क अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएकाे नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले दैनिक सरदर ३ हजार पर्यटक भ्रमणमा आएकाे बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल… पुरा पढौ

यस्ताे छ नेपाल लाइफ इन्स्योरेन्सकाे नयाँ बोनसदर

काठमाडाैं, १६ पुस। नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गर्ने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय गरेको हाे।   कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि… पुरा पढौ