मुख्य समाचार

अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङकाे भाउ बढ्याे

काठमाडौं, २८ मङ्सिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय… पुरा पढौ

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा सहसचिव दाहाल

काठमाडौं, २८ मङ्सिर । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिएको… पुरा पढौ

पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली

काठमाडौं, २८ मङ्सिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ । शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको… पुरा पढौ

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं,२७ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको… पुरा पढौ

कानुन समयसापेक्ष नबन्दा टेलिकम कम्पनीहरु मारमा

काठमाडौं, २७ मङ्सिर । झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरुको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरुको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षमा टेलिकम सेवाप्रदायकको आम्दानी घट्दो क्रममा छ । तर सोही… पुरा पढौ

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय स्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री

ललितपुर, २७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलनमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनमा नेपालको सक्रियता उल्लेख गर्दै भने, “नेपालले न्यूयर्क कन्भेन्सन र सिङ्गापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।”… पुरा पढौ

नेप्से ३३.४२ अंकले घट्याे, ६ अर्ब १४ करोडकाे काराेबार

काठमाडौं, २७ मंसिर । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा दोरो अंकको गिरावट भएको छ । नेप्सेमा पछिल्ला दिनहरुमा आईरहेको गिरावटले लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा रहेका छन् । यद्यपी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ बजारमा लयमा फर्किने र नेपाल समृद्धिको लयमा लाग्ने बताएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन र सुधार गर्दै अगाडी बढीरहेको बताईरहँदा सकारात्मक लयमा फर्किने अपेक्षा भने कायम रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८१.२९विन्दुमा झरेको… पुरा पढौ

अर्थतन्त्र लयमा फर्किदै, देशले समृद्धिकाे फड्को मार्छः अर्थमन्त्री पौडेल (कुराकानी)

काठमाडौं, २७ मङ्सिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री छन्। कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उनले सम्हालेकाे अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही, हाल अर्थतन्त्रमा देखिएको भनिएको सुधार र एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ । यहाँले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको… पुरा पढौ

वीरगञ्जबाट डिजेल आयात घट्दा राजस्वमा १५.१६ प्रतिशत गिरावट

वीरगञ्ज (पर्सा), २७ मङ्सिर । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६… पुरा पढौ

बलेफी हाइड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन खुला

काठमाडाैं, २७ मंसिर । बलेफी हाइड्रोपावरले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेकाे हो। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता खुलाएकाे हाे । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरिसकेकाे छ । शेयरधनीहरुले कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भएकाे हुनुपर्नेछ ।… पुरा पढौ