मुख्य समाचार

नवीन योजनाका साथ पार्टी काममा जुट्न एमाले उपमहासचिव गुरूङ निर्देशन

काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले लमजुङ–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँचवटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्गठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गरे। “तपाईंहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिनेगरी काम गर्नुस्”, उपमहासचिव… पुरा पढौ

दक्षिण एसियाले व्यापार नीति पुनर्विचार गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडाैं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए । शुक्रबार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए । उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस… पुरा पढौ

फरवार्ड माइक्रो फाइनान्सको बाह्रौं वार्षिक साधारण सभाबाट बोनस शेयर वितरणको प्रस्ताव पारित

सुनसरी, २९ मंसिर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै संघीय सांसद भगबती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याइरहेकोमा प्रशंसा गरिन् । ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपियाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले गरिब तथा विपन्न… पुरा पढौ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २९ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर… पुरा पढौ

काठमाडाैं-टीकापुर-काठमाडाैं हवाई उडान मंसिर ३० गतेदेखि

काठमाडौ, २८ मङ्सिर । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन्… पुरा पढौ

बिदेशबाट भित्रिने रकमको मात्रामा वृद्धि, चालु आवको ४ महिनामा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड

काठमाडौं, २८ मङ्सिर । मुलुकबाट बाहिरिने भन्दा बिदेशबाट भित्रिने रकमको मात्रा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु एक अर्ब ५३ करोडले बचतमा रहेको छ । यस्तै,… पुरा पढौ

नेपाल एसबिआई बैंकले साधारण सभा बाेलायाे, १०.६५ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडाैं, २८ मंसिर। नेपाल एसबिआई बैंक लिमिटेडले ३१ औं बार्षिक साधारण सभा डाकेको छ । बैककाे हालै बसेको ५२१ औं बाेर्ड बैठकले लाभांश सहित बिभिन्न प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हो ।   बैंकले आगामी पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने भएकाे छ । साथै बैकले सेयरधनीहरुलाई गत आवको मुनाफाबाट १०.६५ प्रतिशत लाभांशको प्रस्ताव गरेकाे छ। जसमध्ये ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको जनाइएकाे छ । याे मुनाफा… पुरा पढौ

नेपाल र चीनकाे सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेको छ: प्रधानमन्त्री ओली

काठमाडौ, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन ।नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । “नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिङ्गन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र… पुरा पढौ

आज सुन चाँदीको मूल्यमा गिरावट

काठमाडाैं, २८ मंसिर। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घटेकाे छ । जसअनुसार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा सुनकाे कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम थियो ।     आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले घटेर प्रतितोला १… पुरा पढौ

नेपाल पत्रकार महासङ्घको निर्वाचन आज

काठमाडौं २८ मङ्सिर । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भइरहेकाे छ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्। यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाष प्रसाद साह, महासचिवमा जन्मदेव जैशी,… पुरा पढौ