मुख्य समाचार

साढे ७ अर्ब लागतकाे पोखरा-मुग्लिन सडक निर्माणमा ढिलाई

पाेखरा, ९ मङ्सिर। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ। आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो । तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद… पुरा पढौ

मितेरी डेभलपमेन्ट बैंकले गर्याे लाभांश घोषणा

काठमाडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिकाे बैंठकले १० प्रतिशत लाभांश दिने घोषणा गरेको हाे। यसमा गत वर्षको नाफाबाट शेयरधनीहरूलाई ९.५०७९ प्रतिशत बोनस शेयर रहेकाे छ । साथै ०.५००४ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश दिने घोषणा गरिएकाे हो ।  बैंक सञ्चालक समितिकाे बैंठककाे साे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा मितेरी बैंकको आगामी साधारण सभाबाट अनुमाेदन गरिएपछि वितरण गरिने भएकाे छ । बैंकले आर्थिक… पुरा पढौ

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

काठमाडौं, ९ कात्तिक । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेकाे सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरे। भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकाेमा… पुरा पढौ

सुनमा रु १७ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १७ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार… पुरा पढौ

ड्रागन फ्रुट बेचेर वार्षिक १५ लाख आम्दानी

चौतारा ९ मङ्सिर । साँगाचोक गढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउछन्। विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव… पुरा पढौ

नबिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ९ मंसिर । नबिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंककाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार मंसिर १० गते बुकक्लोज गरिने भएकाे छ। लाभांश पाउनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन सक्नेछन्। उनीहरु नै लाभांश पाउन याेग्य हुनेछन् । बैंकका अनुसार बैंककाे ४० औं वार्षिक साधारण सभा मंसिर २७ गते बाेलाइएकाे छ । सभा बिहान १० बजे राष्ट्रिय… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे आजको भाउ

काठमाण्डौं, ९ मङ्सिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पूरा

झापा, ९ मङ्सिर । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए ।… पुरा पढौ

रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली (रामेछाप), ९ मङ्सिर । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने… पुरा पढौ

चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट विद्युत् थप

काठमाडौं, ८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी… पुरा पढौ