मुख्य समाचार

गुरुनानकका सन्देश आज पनि सान्दर्भिक-उपराष्ट्रपति यादव

काठमाडौं, ३० कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् । गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस… पुरा पढौ

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं, ३० कात्तिक । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ । सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’… पुरा पढौ

कोशी, बागमती, गण्डकी र कर्णालीमा आंशिक बदली

काठमाडौं, ३० कात्तिक । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक… पुरा पढौ

समृद्धिका लागि ‘ग्लोबल साउथ’ मुलुकहरू एक हुनुपर्छ : उपाध्यक्ष पोखरेल

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘ग्लोबल साउथ’ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव सेवामा लाग्नुपर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा भएको ‘दोस्रा ग्लोबल साउथ थिङ्क ट्याङ्क्स डाइलग’ कार्यक्रमको ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा थप एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्ने बताए । सभ्यताको अनुभव आदानप्रदानले… पुरा पढौ

आइटीमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, २९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। आज लिभिङ विथ आइसिटिले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे। उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आइटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए। यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आइटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने… पुरा पढौ

‘फिन इलेक्ट्रो टेक’ आजबाट शुरू, प्रिमियर वायर बन्याे मेलाकाे प्लाटेनियम प्रायाेजक

काठमाडौं, २९ कात्तिक । विद्युतीय सामग्रीको व्यापार तथा व्यवसाय प्रवर्धन गर्न ‘फिन इलेक्ट्रो टेक २०२४’ को आयोजना गरिएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएकाे ११ औँ संस्करणको याे मेला काठमाडौंको भृकुटीमण्डपमा आज कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धन गर्न ‘फिन इलेक्ट्रो टेक’ आयोजना गरिएको हो । मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी हुँदै आएको छ… पुरा पढौ

पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत

काठमाडौं, २९ कात्तिक । काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठह-याएको छ । समितिले धर्मशालाको जग्गामा… पुरा पढौ

नेप्सेमा १३.९५ अंकको बृद्धि, १० अर्ब ३२ करोडको कारोबार

काठमाडौं, २९ कात्तिक । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । तिहारको बिदापछि सकारात्मक लय जाने अपेक्षा गरिएको शेयर बजारमा अपडाउन भईरहेकोले अझैं स्थिर बन्न सकिएको छैन । लगानीकर्ताहरु अझैं सुधार भएको बजार र उकालो लागेको दृश्यको पखाईमा रहिरहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९५ अंकले बढेको यसरी बढेको नेप्से २७४८.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा… पुरा पढौ

नारायणगढ-बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए । विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ