मुख्य समाचार

सर्वोच्चले माग्याे काटेको उद्योगको लाइन जोड्ने विषयमा सरकारसँग लिखित जवाफ

काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज उक्त विषयमा सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा आगामी मङ्सिर ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सिंहदबार र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाई मङ्गलबार अधिवक्ता… पुरा पढौ

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

काठमाडौं, २८ कात्तिक । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन ।“भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्”, उनले भने। हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम… पुरा पढौ

नेप्सेमा १४.१२ अंकको गिरावट, करिब ८ अर्बकाे कारोबार

काठमाडौं, २८ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेप्सेमा भएको गिरावटले लगानीकर्ताहरुलाई फेरि के हुने हो भन्ने आशंका उब्जाई दिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३०८ कम्पनीहरुको… पुरा पढौ

देशका ७७ वटै जिल्ला नै पूर्ण खोप घोषणा

काठमाडौं, २८ कात्तिक । देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ती सबै जिल्लाका दुई वर्षमुनिका शत्प्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताए। नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए । “हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौं”, उनले भने, “ती खोप… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन

बाकु (अजरबैजान), २८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताए । “जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु… पुरा पढौ

ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान (विचार)

काठमाडौं, २८ कात्तिक। जाडोयाम शुरु हुन लागेसँगै चिसोबाट बच्न घर, कार्यालय वा अन्य व्यावसायिक भवनहरु तातो राख्न ऊर्जाको खपत बढी हुने गर्दछ । जलवायु परिवर्तनका कारण वर्षेनी गर्मीमा अत्याधिक गर्मी र जाडोमा पनि निकै जाडो हुने क्रम बढ्दै गर्दा जननीवन कष्टकर हुने गरेकाले मानिसले अधिकांश समय बिताउने घर, कार्यालय वा व्यावसायिक भवनहरु जलवायुमैत्री हुनुपर्ने आवश्यकता महशूस हुन थालेको छ । विश्वव्यापी रुपमै यस्ता जलवायुमैत्री तथा हरित भवनहरुको निर्माण हुने क्रम बढेसँगै नेपालमा पनि यसतर्फ ध्यान दिनु जरुरी ठानिएको छ ।… पुरा पढौ

धुलिखेल खानेपानी आयोजना पुनर्निर्माणमा जर्मनीकाे डेढ कराेड सहयोग

काभ्रेपलाञ्चोक, २८ कात्तिक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्नेे नगरप्रमख अशोक ब्याञ्जूले बताए । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए। उक्त आयोजना पुनर्निर्माण गर्न रु तीन… पुरा पढौ

नागरिक लगानी कोषकाे नाफामा ३.६२ प्रतिशतले बृद्धि

काठमाडाैं, २८ कात्तिक । नागरिक लगानी कोषले चालु आर्थिक वर्षमा नाफा बढाएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरण विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १३.६२ प्रतिशतले बढेकाे हाे । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म रूपैयाँ ३० कराेड ९ लाख खुद नाफा गरेकाे छ। गएकाे वर्ष सोही अवधिमा कम्पनीले रूपैयाँ २६ करोड ४८ लाख नाफा गरेकाे थियो। आम्दानीमा सुधा भएपछि खुद नाफा बढेको हो।ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन… पुरा पढौ

युनिलिभर नेपालकाे नाफामा ४.६३ प्रतिशतले गिरावट

काठमाडाैं, २८ कात्तिक । युनिलिभर नेपालकाे नाफा यसपालि घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४.६३ प्रतिशतले घटेको हाे । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म रूपैयाँ ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । यो नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा थाेरै हाे । गएकाे वर्ष कम्पनीले रूपैयाँ ५५ करोड २५ लाख नाफा गरेकाे थियो। आम्दानी घटेकाे कारण खुद नाफामा प्रभाव परेकाे हाे… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस… पुरा पढौ