मुख्य समाचार

नेप्सेमा भारी अंकको बृद्धि, पौने १० अर्बको कारोबार

काठमाडौं, २५ कात्तिक । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक भारी मात्रामा बढेको छ । नेप्सेमा ६२.५४ अंकले बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २७३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.९१ अंकले बढेर ४८७.१० विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । कुल ३२५ कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी

कञ्चनपुर, २५ कात्तिक । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुर्दशन थापाले बताए। भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनले उल्लेख गरे। “प्रदेश कार्यालयलाई यथाशीघ्र जनशक्ति उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेका छौँ”,… पुरा पढौ

डिप्रोक्स लघुवित्तको ५२ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, २५ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संस्थापक एक शेयरधनीले ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । शेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । शेयर खरिद गर्न चाहने डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले प्राथमिकता पाउनेछन् । यसैका लागि संस्थाले सूचना पनि जारी गरेकाे छ ।  इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको कात्तिक २५ गतेदेखि ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौमा लिन चाहेकाे कित्ता र कति मूल्यमा लिने… पुरा पढौ

लाभांश अनुमाेदन गर्न हाथवे इन्भेष्टमेन्टकाे एजिएम आज बस्दै

काठमाडौं, २५ कार्तिक । हाथवे इन्भेष्टमेन्ट नेपालकाे साधारण सभा आज बस्दैछ । सभाले १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्ने भएकाे छ । कम्पनीकाे साधारण सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगदसहित १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव लगातका एजेण्डा रहेका छन् ।  सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्ती एजेण्डामाथि छलफल गरी पारित गरिनेछ। बोनस बितरण गरिएपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ । साधारणा… पुरा पढौ

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, २५ कात्तिक । सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीका अनुसार साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार, कात्तिक २६ गते बुकक्लोज गरिने भएकाे छ । लगानीकर्ताहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू नै याेग्य मानिनेछन् । कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर तथा ०.२५ प्रतिशतका नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरण गर्नेछ । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा,… पुरा पढौ

कोप-२९ मा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जादै

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दैछन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन्। राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा… पुरा पढौ

आज फाल्गुनन्द जयन्ती मनाइदै, कोशीमा सार्वजनिक बिदा

काठमाडौं, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा… पुरा पढौ

पहाडी भागमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २५ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी… पुरा पढौ

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय हितका लागि : एमाले

काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भने, “त्यसको… पुरा पढौ