मुख्य समाचार

नेपालमा लगानी गर्न अध्यक्ष ढकालको विश्व समुदायलाई आग्रह

वासिङ्टन डिसी (अमेरिका), ८ कात्तिक । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । विभिन्न फोरममा सहभागी भएका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरे । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ कात्तिक । लागातार सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाईरहेकोमा आज भने केहि घटेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउमा रुपैयाँ ७ सयले गिरावट भएको हो ।चाँदीको भाउमा रुपैयाँ ४० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको रुपैयाँ १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

वीरगञ्ज (पर्सा), ८ कात्तिक । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिए। “दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ”, उनले भने, “गत असोज १७… पुरा पढौ

पुनर्निर्माणमा विश्व बैंकले रू १५ करोड डलर उपलब्ध गराउने

वासिङ्टन, डिसी, ८ कात्तिक । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त बैंकका (दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् । वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो । यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको… पुरा पढौ

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच सहकार्यबारे भेटवार्ता

वासिङ्टन, डिसी, ८ कात्तिक । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । उनीहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले आजको भाउ बुझ्नुस्

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस… पुरा पढौ

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

गलेश्वर (म्याग्दी), ८ कात्तिक । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नाफामा २३.३६ प्रतिशतले बृद्धि

काठमाडाैं, ७ कात्तिक । ग्लोबल आइएमई बैंकले डेढ अर्ब बढी खुद नाफा गरेकाे छ । बैंककाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खुद नाफा डेढ अर्ब बढी भएकाे छ। विवरणका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले रूपैयाँ १ अर्ब ५१ करोड २१ लाख खुद नाफा गरेकाे छ । गत आर्थिक वर्ष सोही अवधिमा याे नाफा रूपैयाँ १ अर्ब २२ करोड रहेकाे थियाे। यसरी हेर्दा नाफामा २३.३६ प्रतिशतले बृद्धि भएकाे छ । बैंककाे इम्पेरमेन्ट चार्ज घटेकाेले… पुरा पढौ

कामना सेवा विकास बैंककाे नाफामा उल्लेख्य बृद्धि

काठमाडौं, ७ कात्तिक । कामना सेवा विकास बैंककाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ । बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार बैंकले यस अवधीमा १७ करोड ४९ लाख खुद नाफा गरेकाे छ । बैंकले चालु वर्षकाे यो अवधिमा कमाएकाे नाफा गत वर्षको साेहि अवधिको तुलनामा ४६.४० प्रतिशतले बढी हो । गएकाे वर्षमा याे नाफा रूपैयाँ ११ करोड ९५ लाख मात्र रहेकाे थियो । बैंककाे खुद ब्याज आम्दानी ५.६७ प्रतिशतले बढेकाे छ । याे बढेर रूपैयाँ ५१ करोड ८७… पुरा पढौ

सरकारको सय दिन : २ सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं, ७ कात्तिक । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले व्यवसायीमा आत्मविश्वास पलाउँदै गएको बताए। उनले भने, “अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको छ ।… पुरा पढौ