मुख्य समाचार

५२ घण्टाको मर्मतपश्चात्म न्थलीमा विद्युत् आपूर्ति सञ्चालन

मन्थली (रामेछाप), १५ असोज । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो । न्यू खिम्ती सवस्टेशनबाट मन्थली सवस्टेशनसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् खम्बा करिब ५२ घण्टाको मर्मतपश्चात् सोमबार साँझदेखि सेवा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण मन्थली मन्थली शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी… पुरा पढौ

मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला

जानकी (बाँके), १५ असोज । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताइन्। एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन्। उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिएकी छन्। नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन्। उनले घरमा मह प्रशोधनका उपकरणसमेत… पुरा पढौ

राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरे । त्यस अवसरमा मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओली… पुरा पढौ

नेप्सेमा ४४.४५ अंकको बृद्धि, पाैने ४ अर्बकाे कारोबार

काठमाडौं, १४ असोज । केहि हप्तादेखि लगानीकर्ताको मनोबल उच्च हुन नसकिरहेको अवस्थामा आजको सेयर बजारको दृश्यले सबैमा उत्साह थपिदिएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन एउटा बाहेक सबै सूचकांकहरुमा छाएको हरियालीले अब नेप्से लयमा फर्किएको आकलन गरिएको छ । तर कुल कारोबार रकममा भने उल्लेख्यनिय बृद्धि भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा रहेको छ ।… पुरा पढौ

वायुसेवा निगम कार्यालयमा बिमान परिचारिकाको धर्ना

काठमाडौं, १४ असोज । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा एयरहोस्टेसले आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिएका छन् । झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा… पुरा पढौ

चाडपर्व लक्षित बजार अनुगमनः दुईसातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं, १४ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ होटल÷रेस्टुरेन्ट, २४ खाद्य उद्योग र दुई वटा डायट्री सप्लिमेन्ट बिक्रेता फर्ममा निरीक्षण अनुगमन गरिएको उनले बताए। यस्तै, ललितपुरमा २३ खाद्य कम्पनीमा अनुगमन गरिएको छ… पुरा पढौ

सोमबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

काठमाडौं, १४ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको जानकारी गराएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले गिरावट… पुरा पढौ

बाढीपहिरो पीडितलाई एनआरएनएले १ करोड सहयोग गर्ने

काठमाडाैं, १४ असोज । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय… पुरा पढौ

आज १७ अर्ब ७५ करोडको ट्रेजरी बिल बोलकबोल हुँदै

काठमाडौं, १४ असाेज । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रूपैयाँ १७ अर्ब ७५ करोड  बराबरको ट्रेजरी बिल बोलकबोल हुन लागेकाे जनाएकाे छ । नेपाल सरकारले बनाएकाे रष्ट्र ऋण बोलकबोल तालिका अनुसार साे ट्रेजरी बिल बोलकबोल गर्न लागिएकाे हाे । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रूपैयाँ ५ अर्बको नयाँ र रूपैयाँ १२ अर्ब ७५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएकाे हाे । यसका लागि आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनबाट सहभागी हुन पाइने भएकाे छ । आज बोलकबोल गरिने… पुरा पढौ

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, १४ असोज । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंगलबार, असोज १५ गते बुक क्लोज हुन बताएकाे छ । शेयरधनीहरूले लाभांश पाउनका लागि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् भने लाभांश पाउनका लागि याेग्य मानिनेछन् । बैंककाे १८ औँ वार्षिक साधारण सभा असोज ३० गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा डाकिएकाे… पुरा पढौ