मुख्य समाचार

कोप-२९ : अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौं, १० कात्तिक । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुँदैछ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई… पुरा पढौ

आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

सोलुखुम्बु, १० कात्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक… पुरा पढौ

नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी

वासिङटन डिसी (अमेरिका), १० कात्तिक । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखे। गभर्नर अधिकारीले भने, “नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।” उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो । सार्क… पुरा पढौ

वीरगञ्ज नाकाबाट सवारीसाधनको आयात घट्याे

वीरगञ्ज (पर्सा), ९ कात्तिक । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको… पुरा पढौ

ठूला जलविद्युत आयोजनाबारे लगानी बोर्डसँग छलफल

काठमाडौं, ९ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरे। मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए । बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना,… पुरा पढौ

लाभांश पारित गर्न सगरमाथा जलविद्युतले डाक्याे एजिएम

काठमाडाैं, ९ कात्तिक । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशकाे घोषणा तथा चौथो साधारण सभा पनि डाकेकाे छ। कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेकाे हाे । कम्पनीले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदनका लागि मंसिर १४ गते स्मार्ट दरबार शंखपार्क, काठमाडौँमा साधारण सभा डाकेकाे हाे । साधारण सभा बिहान ९ बजे बाेलाइएकाे छ। साधारण सभा तथा लाभांश वितरणकाे… पुरा पढौ

सिटामोलकाे कुनै अभाव छैन: औषधि लिमिटेड

काठमाडौं, ९ कात्तिक । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । “डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ ।… पुरा पढौ

‘काव्यचित्र सिर्जना शिविर’-कवितामा चित्र कोर्दै कलाकार

काठमाडौं, ९ कात्तिक । कवि र चित्रकारबीच के भिन्नता छ ? भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भने, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।” भावनाको कलात्मक सङ्गम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १५ जना कविका विभिन्न शीर्षकका कवितामा १५ जना चित्रकारले प्रत्यक्ष रुपमा क्यानभासमा चित्र कोरेका छन्। चित्रकार खनालले कवि मणि लोहनीको ‘जन्मस्थल’ शीर्षकको कवितामा चित्र बनाउँदै भने, “कविले शब्दमा… पुरा पढौ

यी दुई कम्पनीकाे शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, ९ कात्तिक । आज दुई कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ। यी दुई कम्पनीले बुकक्लोज गरेपछि उनीहरूकाे शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएकाे नेप्सेले जनाएकाे छ । स्वाबलम्बनले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेको हो। स्वाबलम्बन लघुवित्त स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ ।… पुरा पढौ

शुक्रबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ९ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ २५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ तोलाको रुपैयाँ २५ ले घटेर तोलाको २ हजार ७० रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ