मुख्य समाचार

पक्राउ पुर्जीपछि रविले भने-‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’, सरकारकाे दिनगन्ती शुरु

काठमाडौं, २ असाेज । सहकारीकाे रकम अपचलनकाे आराेप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जि जारी भएकाे छ । पक्राउ पुर्जि जारी भएपछि शुक्रबा रवि लामि लामिछानेले सरकार ‘मर्याे हामीलालाई जुठो पर्याे' भनेर सामाजिक सन्जालमा एउटा लामाे स्टाटस् लेखेका छन् । पक्राउ पुर्जि लामिछानेलाई सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा जिल्ला अदालत कास्कीले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो स्टाटस् लेखेका हुन् । यस्ताे छ उनकाे स्टाटस् सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले… पुरा पढौ

काबेली करिडोर प्रसारण लाइन तिहारअघि सञ्चालनमा ल्याइदै

काठमाडौं, २ कात्तिक । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा प्रसारण लाइन पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनःनिर्माण तथा पुनःस्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जालगायतका सामग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम… पुरा पढौ

यस्ताे छ अर्थतन्त्रमा सुधार र कन्ट्री क्रेडिट रेटिङकाे प्रगति

काठमाडौं, २ कात्तिक । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनामा भएका महत्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसद्मा विधेयक पेससम्म उल्लेख छ । अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताए। प्रवक्ता भट्टराईले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा… पुरा पढौ

विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने आज अमेरिका जाँदै

काठमाडौं, २ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् । यसअघि अमेरिकामा नै भएको आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक शृङ्खला… पुरा पढौ

राष्ट्र बैंकद्वारा सेवा रेमिटको अनुमति खारेज

काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह… पुरा पढौ

धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

काभ्रेपलाञ्चोक, २ कात्तिक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो । बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरका ३३ हजार ७… पुरा पढौ

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आजको बैठकले समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको… पुरा पढौ

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं, २ कात्तिक । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउनुपर्ने र छनोट प्रक्रियामा विगतमा गरिएको गम्भीर गल्ती नदोहो¥याउन माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमणकालीन न्याय प्रक्रियाको गाम्भीर्य अनुरूप स्वतन्त्र व्यक्ति सम्मिलित नयाँ छनोट समिति गठन गरेर पदाधिकारी छनोट प्रक्रियालाई सबै पीडितलगायतका सबै सरोकारवालाले स्वामित्व लिने गरी अगाडि बढाउन नेपाल सरकारसमक्ष समिति… पुरा पढौ

सुनको भाउ इतिहासमै उच्च, तोलाको १ लाख ६४ हजार ४ सय

काठमाडौं, २ कात्तिक । दिनदिनै सुनको भाउ बढेर नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । आज पनि सुनको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको छ । साताको सुनचाँदीको कारोबार हुने छैटौ दिन शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायीका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ ३० ले बढेको छ । छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ६४ हजार ४ सय कायम भएको… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा,… पुरा पढौ