मुख्य समाचार

सुनमा अर्काे नयाँ रेकर्ड-तोलाको १ लाख ६२ हजार ४ सय

काठमाडौं, १ कात्तिक । लगातार सुनको भाउमा बृद्धि भएर नयाँ नयाँ रेकर्ड कायम हुँदै आएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको भाउ बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ६ सयले बृद्धि भएको जनाएको छ । सेतो धातु चाँदीको भाउ भने स्थिर रहेको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल… पुरा पढौ

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज(पर्सा) १ कात्तिक । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०÷८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए। चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात… पुरा पढौ

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १ कात्तिक । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार कात्तिक २ गते बुकक्लोज हुने जानकारी दिएकाे छ। शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आज कात्तिक १ गतेसम्म नेप्सेमा सेयरकेा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिने छन्। कम्पनीकाे २१ औँ साधारणसभा कात्तिक १९ गते बाेलाइएकाे छ । सभामा ५ प्रतिशत… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ कात्तिक । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा,… पुरा पढौ

सहकारीले दूधको बजारीकरण गरेपछि किसान उत्साहित

गलकोट (बागलुङ), १ कात्तिक । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि… पुरा पढौ

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी (मोरङ), १ कात्तिक । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो । वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच… पुरा पढौ

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिममा हल्का वर्षाको सम्भावना

काठमाडौं, १ कात्तिक । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका… पुरा पढौ

कामना सेवा बैंकको वार्षिक साधारणसभाबाट १२ प्रतिशत लाभाशं पारित

काठमाडाैं, ३० असाेज । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा अाज असोज ३० गते काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित भएको छ । सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग… पुरा पढौ

नेप्से २७४२.८८ विन्दुमा उक्लियो, साढे ५ अर्बको कारोबार

काठमाडौं, ३० असोज । नेपाली सेयर बजार अाज पनि उकालोको यात्रामा गएको छ । असोज मसान्त बुधबारमा देखिएको नेप्सेको हरियाली बातावरणले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । केहि समय अगाडी ३० अर्बको कारोबार भएको नेप्सेमा पछिल्ला दिनहरुमा ५ अर्ब वरपरको कारोबारमा आएपछि निरासा छाएको थियो । दसै बिदा खुलेपछिको पहिलो दिनमा ३१.४८ अंकले बढेको नेप्सेमा यसदिन ४३.२२ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २७४२.८८ विन्दुमा उक्लिएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर नजिकको भएको छ ।… पुरा पढौ

स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङजा, ३० असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताए। उनले भने, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै… पुरा पढौ