मुख्य समाचार

लाभांश अनुमाेदन गर्न अरुण भ्याली हाइड्रोले डाक्याे एजिएम

काठमाडौं, १८ असाेज । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि अरुण भ्याली हाइड्रोपावरले साधारण सभा बाेलाएकाे छ । कम्पनीले २७औं साधारण सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाएकाे छ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर तथा ०.१५७ प्रतिशत नगद लाभांशसहित ३.१५७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । सभाका लागि आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेण्डाहरु रहेका छन् । आर्थिक वर्ष २०८१–८२ का लागि… पुरा पढौ

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १८ असोज । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । सुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गरे। उनका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान… पुरा पढौ

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

काठमाडौं, १८ असोज । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंगको विनिमय दर हालका लागि अपरिवर्तनिय रहेको छ । अर्को व्यवस्था नहुञ्जेलसम्म यो भाउ सधैं स्थिर रहनेछ । अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४८ रुपैयाँ २ पैसा र बिक्रीदर १४८ रुपैयाँ… पुरा पढौ

बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौं, १७ असोज । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ । मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए। “विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना… पुरा पढौ

हकप्रद निष्काशनकाे प्रस्ताव पारित गर्न नेपाल वेयरहाउजिङ्गले डाक्याे एसजिएम

काठमाडौं, १७ असाेज । नेपाल वेयर हाउजिङ्ग कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । विशेष प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ७ गते साधारण सभा डाकेकाे छ। साधारण सभा अमृतभोग क्याटरर, प्रा. लि., कालिकास्थान, काठमाडौँमा दिउँसो ३ बजे बाेलाइएकाे छ। सभाबाट हाल कायम भएकाे चुक्ता पूँजीको १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अनुमाेदन हुनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा रहेका छन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक… पुरा पढौ

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन, १७ असोज । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो । रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उनले भने, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।” हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ । “उनको… पुरा पढौ

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, १७ असोज । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे। सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।… पुरा पढौ

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए… पुरा पढौ

बिहिबार सुनचाँदीको भाउमा सामान्य बृद्धि

काठमाडौं, १७ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले… पुरा पढौ