मुख्य समाचार

देशभर आंशिक बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ भदौ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम… पुरा पढौ

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

तुलसीपुर , २९ भदौ । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख सुनारले बताए। पुरा पढौ

एडिबीसँग अनुदान तथा सहुलियत ऋण सहायताका लागि वार्ता टोली गठन

काठमाडौं, २८ भदौ । सरकारले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन आयोजना कार्यान्वयनका लागि अनुदान तथा सहुलियत ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको छ । यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि सो बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । बैठकले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष ‘रेजिलिएन्ट हाइ भ्यालु एग्रिकल्चरल प्रोगाम’ का लागि प्राप्त… पुरा पढौ

विद्युत अभावले २ अर्ब लगानीको कम्पनीमा उत्पादनको समस्या

जलेश्वर (महोत्तरी), २८ भदौ । महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युतको अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा रु दुई अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए। विसं २०७८ देखि निर्माण थालिएको यस पेपर मिलले गत जेठ… पुरा पढौ

पारा ओलम्पिक पदक विजेता पलेशालाई प्रधानमन्त्री ओलीद्वारा ६५ लाख पुरस्कार हस्तान्तरण

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन्। मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित… पुरा पढौ

खनिज पदार्थ उत्खननमा सहकार्य गर्न जाम्बिया सरकार तयार

काठमाडौं, २८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराए । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै… पुरा पढौ

शिक्षामन्त्री भट्टराई र सचिव काफ्लेबीच कार्यसम्पादन करार

काठमाडौ, २८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा  मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले ,विज्ञान तथा  प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन करार सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गरेकी हुन्। कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एकअर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य,… पुरा पढौ

तनहुँ जिल्लामा ७ सय ७० साना उद्योग थपिए

तनहुँ, २८ भदौ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालय तनहुँमा ७ सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख ४ हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ ।… पुरा पढौ

पोउवा संघको अध्यक्षमा कसले मार्ला बाजी ?

पोखरा, २८ भदौ । पोखराको जेठो व्यवसायीक संस्था पोखरा उद्याेग वाणिज्य संघको ३५ औं अधिवेशन आजबाट शुरु भएको छ । शनिबार भोलि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । संघको नयाँ नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अध्यक्षका प्रत्यासी रहेका छन् । उनी बिगत २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष आवद्ध भई लामो अनुभव भएका उम्मेदवार हुन् । यस्तै अर्का उम्मेदवार अर्जुन पोखरेल अध्यक्षको प्रतिष्पर्धामा चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका प्रत्यासी पोखरेल अघिल्लोपटक ३४ औं महाधिवेशनमा पवन प्रजापतिसंग अध्यक्षको… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५६ हजार ३ सय

काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ हजारले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ६५ ले बढेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ ३ हजारले बढेर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ६५… पुरा पढौ