मुख्य समाचार

नेशनल लाइफले डाक्याे साधारण सभा, लाभांश कति ?

काठमाडौं, ५ भदाै । लाभांशकाे प्रस्ताव पारित गर्नका लागि नेसनल लाइफ इन्स्याेरेन्सले भदौ ७ गते साधारण सभा डाकेकाे छ । साधारण सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे डाकिएकाे छ । सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र तथा कर प्रयाेजनका लागि १०.७४ प्रतिशत नगद लाभांशसहित १४.७४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि… पुरा पढौ

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्ब घटाइयो

वीरगञ्ज (पर्सा), ५ भदौ । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो । विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब… पुरा पढौ

मुलुकका ५३९ स्थानीय तहमा पूर्ण रुपले विद्युतीकरण

काठमाडौं, ५ भदौ । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ । देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययनगरी… पुरा पढौ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, ५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा… पुरा पढौ

नेशनल हाइड्रोपावरको आम्दानी घट्यो

काठमाडौं, ४ भदौ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको आम्दानी १४.११ प्रतिशत घटेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १ सय ४२ पैसा रहेको छ। २ अर्ब… पुरा पढौ

यसरी गर्न सकिन्छ कृषिमा सुधार (प्रधानमन्त्री ओलीकाे विचार)

काठमाडौं, ४ साउन । म कृषि विज्ञ होइन तर किसानको छोरा हुँ । सानो हुँदा कृषिकाे काम गरेको छु । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ। मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन् जस्ताे लाग्छ । मैले बारी कस्तो बनाएको थिएँ भने कुटो कोदालो होइन कि हातका औँला घुसारेर त्यसको गोडमेल गर्ने गर्थें । अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने ।… पुरा पढौ

सार्वजनिक ऋणले विकासका लागि स्रोत जुटाउन चुनौतीपूर्ण छ: अर्थमन्त्री पाैडेल

काठमाडौं, ४ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा आज आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले पनि न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताए। “राजस्वको अधिकांश भाग सार्वजनिक ऋण भुक्तानीमा… पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ४ भदौ । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक… पुरा पढौ

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो १ अर्ब ८९ करोड

चितवन, ४ भदौ। स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ। यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो । पहिलो वर्ष ३२ हजार छ… पुरा पढौ

सुनकाे भाउ १ सयले घट्याे चाँदीमा भने बृद्धि

काठमाडौं, ४ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनको भाउ यस दिन रूपैयाँ १ सयले घटेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ