मुख्य समाचार

पोउवा संघकाे अध्यक्षमा गाेकर्ण कार्की विजयी

पोखरा, ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । आइतबार साँझ आएको अन्तिम मत परिणामाअनुसार ३५ औँ महाधिवेशनमा कार्की १ हजार ३ सय ३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ४५८ मतले पराजित गरेका थिए । पोखरेलले ८८१ मत मात्र प्राप्त गरे । पोखरेल गत महाधिवेशनमा पनि अध्यक्षमा प्रतिष्पर्धा गरि पराजित बनेका थिए । कार्की भने महासंघका वरिष्ठ उपाध्यक्ष थिए । यो निर्वाचनमा पोखरेल प्यानल नै बनाएर होमिएका… पुरा पढौ

नेप्से ५०.७३ अंकले घट्याे, कारोबार १० अर्ब ३३ करोडमा सिमित

काठमाडौं, ३० भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । पूर्वार्धको समयमा सकारात्मक बनेको भएपनि बजार बन्द हुँदाको समयमा भने ५०.७३ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा झरेको छ । नेप्सेमा १.८८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा रहेको छ । यसदिन सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । कुल ३२४ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

यी हुन् नेपाल चिनाउने मानवरहित अन्टार्कटिका पुगेका पहिलाे नेपाली भुवनसिंह विश्वकर्मा

गलकोट (बागलुङ), ३० भदौ । उमेरले ७३ वर्ष पुगेका भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुगेका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ । मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुगे भन्ने धेरैको जिज्ञासा छ । विसं २००९ मा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मेका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुन्। उनी भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकका रुपमा त्यहाँ पुगे ।… पुरा पढौ

सीइडीबी हाइड्रोपावरले हकप्रद खुलाउने, एजिएम आव्हान

काठमाडौं, ३० भदाै । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर खुफाउनका लागि प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले दुइ आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेकाे हाे । कम्पनीले नाफाबाट बोनस सेयर वितरण गर्ने र हकप्रद सेयर खुलाउने भएकाे छ । अघिल्ला दुइ आर्थिक वर्षको  नाफाबाट कम्पनीले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ । साे सेयर वितरणपछि ५४.५ प्रतिशत हकप्रद सेयर खुलाइने भएकाे छ । सभाले प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिने भएकाे छ… पुरा पढौ

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरे। वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे । यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि… पुरा पढौ

सुनको मूल्यमा उच्च कीर्तिमान, ताेलाकाे कति पुग्याे ?

काठमाडौं, ३० भदौ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार… पुरा पढौ

एभरेष्ट बैंककाे १५.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडाैं, ३० भदाै । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा बाेलाएको छ। भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा बाेलाएको हो।   बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनी स्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको बताइएकाे छ।   सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने बताइएकाे छ। प्रस्तावित बोनस सेयर जारी भएपश्चात… पुरा पढौ

निजी क्षेत्रकाे प्रवर्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार हुन्छः महासंघ अध्यक्ष ढकाल

काठमाडाैं, ३० भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध व्यवसाय गर्न नीतिगत स्थायित्व आवश्यक रहेको वताएका छन । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन संगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई यस्ताे आग्रह गरेका हुन । नेपाली अर्थतन्त्रको संरचना र चरित्रमा केही फरक छ, उनले भने, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुनेछ । ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र… पुरा पढौ

११ लघु जलविद्युतका करोडौंका उपकरण प्रयोगविहीन

पर्वत ३० भदौ। जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत आयोजना लामो समयदेखि प्रयोगविहिन बनेका छन्। विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन्। सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेका भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द… पुरा पढौ

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

पर्वत, ३० भदौ । जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ । कालीगण्डकी नदी किनारमा रहेको… पुरा पढौ