काठमाडौं, २४ कात्तिक। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका बताउनुभएको छ । तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गर्नुभएको छ । नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले…
पुरा पढौ