समाचार

श्रमिक समस्यामा हुनु देशको दुर्भाग्य : यादव

पोखरा, ७ चैत । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका कार्यवहाक अध्यक्ष महेन्द्रप्रसाद यादवले नेपाली श्रमिकको सामान्य अवस्थासमेत सुध्रन नसक्नु देशको दुर्भाग्य भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा ट्रेड युनियन नेता यादवले बीपीको नाम जप्ने, गिरिजाप्रसादको फोटो झुन्ड्याउने तर समाजवादको धार अंगाल्न नसक्ने कांग्रेस पार्टीले श्रमिकलाई स्थान दिनै नसक्ने बताए । उनले भने, ‘हामी कांग्रेससँग नजिकमात्र हो, पार्टीसँग हाम्रो सधै चेतावनीमा चलेको छ ।’ यादवले थपे, ‘योगदानमा आधारित सामाजिक… पुरा पढौ

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, ७ चैत । नेकपा(एमाले) को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बसिसकेपछिर ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो । यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी… पुरा पढौ

पूर्णिमा श्रेष्ठले अन्नपूर्ण एककाे आरोहण गर्दै

पोखरा, ७ चैत । हिमाल आरोही पूर्णिमा श्रेष्ठले अन्नपूर्ण एक हिमाल आरोहण गर्ने भएकी छन्। गोर्खाको आरुघाट गाउँपालिका ९ स्थित आरुटारकी फोटो पत्रकार समेत रहेकी हिमाल आरोही श्रेष्ठले आफ्नो प्रदेशमा रहेको अन्नपूर्ण एकमा हालसम्म नेपाली महिलाले आरोहण नगरेको हुँदा आफुले हिमाल चढ्ने अठोटकासाथ हिमाल आरोहणको यात्रामा निस्केको बताइन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण एक हिमालको उचाई ८ हजार ९१ मिटरको रहेको छ । साे हिमाल आरोहण गर्न श्रेष्ठसहित उनको टिममा अन्य १६ जना विदेशी पर्यटकहरु समेत रहेको उनले बताएकी छन्… पुरा पढौ

सामुदायिक पुस्तकालयको नयाँ नमूना पुस्तकालय बनाइँदै

काठमाडौं ७ चैत । स्याङ्जाको बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ भवन निर्माण सम्झौतामा भएको छ । पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली र बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठबीच भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भूकम्पबाट क्षति भएको पुरानो भवन हटाए शान्ति भोलन्टियर एशोसिएशन नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको अध्यक्ष पाण्डेले जानकारी दिए । बालकदेखि प्रौढमैत्री कक्षको कल्पना गरी निर्माण गर्न लागिएको उक्त पुस्तकालय भवन सबै उमेर समूहका पाठकको रोजाइ सिकाइ गन्तव्य मातृभूमि हुनेछ… पुरा पढौ

राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल-बङ्गलादेश सम्बन्धमा नवयुग प्रवेशको अपेक्षा

काठमाडौं, ७ चैत । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालिरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लाग]को यो भ्रमणको दूरगामी प्रभाव… पुरा पढौ

तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन

दमौल, ७ चैत । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन गर्न घरवास सञ्चालन गरिएको हो । पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरवास सञ्चालन गरिएको अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालन थालिएको उनले बताए ।… पुरा पढौ

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

कर्णाली, ७ चैत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको हो । बैठकमा मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रदेश विपद्सम्बन्धी बनेका ऐन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिका सम्मिलित कार्यपत्र प्रस्तुत गरे । उनले कर्णालीका १० वटै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको जानकारी दिएर । “हामीले विपद्सम्बन्धी क्षमता विकास, पूर्वतयारी सामग्री, खोज तथा उद्धार… पुरा पढौ

आज कोटेश्वरदेखि सूर्यकोट गेटसम्म बिजुली कटौती हुने

काठमाडौं, ७ चैत । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गरेकाे जनाएको छ । प्राधिकरणले बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मका स्थानमा बिजुली कटौती गरेकाे हाे । बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही… पुरा पढौ

निर्यातमूलक उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आवश्यक पर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले भने, “निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् तथा रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस् । औद्योगिक वातावरणका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न तयार छु ।” उनले देश विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारका लागि आफू तयार रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री ओलीले रोजगारी र निर्यातमूलक उद्योग… पुरा पढौ

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

पोखरा, ६ चैत । गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनीत भएका छन्। गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो । यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । पुरा पढौ