समाचार

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर, २३ फागुन । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज… पुरा पढौ

प्रतिनिधिसभाकाे सातौं अधिवेशन आज अपरान्ह ४ बजे बस्दै

काठमाडौं, २३ फागुन । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाकाे सातौँ अधिवेशन आज आईतबार सुरु हुदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन । सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचन घोषणा गरेका थिए । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच… पुरा पढौ

मेलम्चीको पानी काठमाडौंमा, उपत्यकावासीको सपना साकार : प्रधानमन्त्री ओली

काठमाडौं, २३ फागुन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झारे । शनिबार बेलुका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए । “मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ । प्रदेश नं १ मा… पुरा पढौ

पोखरा बन्नुमा बाहिरबाट आएकाको योगदान: मन्त्री चुमान

पोखरा, २२ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखरा बनाउनुमा जिल्ला बाहिरबाट आएका मानिसहरुको योगदानले सम्भव भएको बताएका छन्। पाल्पाली समाज पोखराको शनिबार १८ औं साधारणसभा तथा १० अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री चुमानले सो कुरा बताएका हुन् । उनले पाल्पाली समाजले गरेका गतिविधिको अन्यले पनि सिको गर्नुपर्ने सुझाव दिँदै विगतमा पाल्पामा घुमेको स्मरण गरे । पूर्व मन्त्री एवं वरिष्ठ उद्योगपति एवं समाजसेवी हरि पाण्डेले पाल्पा जन्मस्थल भएको नाताले आफूले छात्रवृत्ति कार्यक्रम ल्याएको… पुरा पढौ

विचाराधीन नागरिकता विधेयक प्रतिनिधिसभाको सातौं अधिबेशनबाट पारित गर्न माग

काठमाडौं, २२ फागुन । लामो सयमदेखि सदनमा विचाराधीन नागरिकता विधेयक प्रतिनिधिसभाको सातौँ अधिबेशनबाट पारित गर्न माग गरिएको छ । संविधान जारी भएको एक वर्षभित्रै पारित गरिने भनिएको सो विधेयक हालसम्म संसद्बाट पारित नहुँदा ठूलो सङ्ख्यामा नागरिक राज्यविहीन भएको जनाउँदै पीडितले यथाशीघ्र विधेयक अघि बढाउन माग गरेका हुन् । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको सो विधेयक सदनमा विचाराधीन छ । नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप आवश्यक संशोधन गर्न लागिएको हो । महिला, कानून र विकास मञ्चले आज आयोजना… पुरा पढौ

नेपाल आयल निगम थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौं, २२ फागुन . प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो । कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको… पुरा पढौ

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।” कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र… पुरा पढौ

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, २२ फागुन । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नं एक, वाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहेको… पुरा पढौ

जङ्गलमै अलपत्र भयाे स्लेट खानी, सरकारले लाभ लिएन

गलेश्वर, २२ फागुन । घर छाउने ढुङ्गा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लाको देशमा मणि’को नियति भोग्न बाध्य भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुङ्गा, स्लेट र औषधिजन्य जडीबुटीको खानी नै भए पनि त्यसबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन । गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमर्मरभन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेको छ । सो ढुङ्गा खानीलाई… पुरा पढौ

महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

नेपालगञ्ज, २२ फागुन । महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो । तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताए । उनले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीहरूलाई आग्रह गरे । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले… पुरा पढौ