समाचार

सिस्नेमा छोरी बचत खाता शुरु

रुकुमपूर्व, २६ माघ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो । कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरुको बचत खाता खोलिदिने भएको छ । सिस्नेले साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरुको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी… पुरा पढौ

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

वीरगञ्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताए । सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए । उनले कांगे्रस मात्र… पुरा पढौ

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट, २६ माघ । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् । दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दा: ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ’

काठमाडौं, २५ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वाेच्च अदालतमा बहस गरेका सरकारी वकिलले जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न पाउने संवैधानिक अधिकार भएको तर्क गरे । उन्नाइसौँ दिनको आजको सुनुवाइमा सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता डा टेकनारायण घिमिरे, सहन्यायाधिवक्ता श्याम भट्टराई र उद्धव पुडासैनी, उपन्यायाधिवक्ता दशरथ पङ्गेनी र प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता रमेश बडालले बहस गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीमा यस्तो अधिकार निहित हुने बताए । नायब महान्यायाधिवक्ता डा घिमिरेले प्रतिनिधिसभा संसदीय अभ्यासअनुसार राजनीतिक कारणबाट भएको तर्क राखे । “प्रधानमन्त्रीको निर्णयलाई… पुरा पढौ

मास्केले पाए जनरल इन्स्योरेन्सको प्रमुखको जिम्मेवारी

काठमाडौं, २५ माघ । जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विनेश मास्केलाई कम्पनीको प्रमुखको जिम्मेवारी दिईएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले सहायक महाप्रबन्धक पदमा कार्यरत विनेश मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य संचालन गर्नको लागि कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी तोकिएको कम्पनीका सचिव रामप्रसाद पौडेलले आज जनाएका छन् । कम्पनीले यसका बारेमा नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ भने बीमा समितिलाई बोधार्थ पठाएको छ । पुरा पढौ

अवरुद्ध त्रिभुवन राजपथ खुला

टिस्टुङ, २५ माघ । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो । मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाडौँबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए । सडकमा हिउँ जम्नाका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए ।… पुरा पढौ

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल

काठमाडौं, २५ माघ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताए । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट –काठमाडौँ सम्पर्क मञ्चको कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं… पुरा पढौ

पूर्व विद्यार्थी मञ्च संगम माविकाे अध्यक्षमा पुनः गुरुङ्ग चयन

पाेखरा , २५ माघ । पूर्व विद्यार्थी मञ्च संगम मा.वि. चन्द्रकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । अन्नपूर्ण गा.पा. वडा नं. ३ स्थित काँडेमा शनिबार सम्पन्न अधिवेशनले पुनः नवीन गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चका आजिवन सदस्य एवम् विद्यालयका पूर्व शिक्षक एकदेव देवकोटाको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । निर्वाचन मण्डलको सदस्यहरुमा राजमान गुरुङ्ग र नारायण क्षत्री रहेका थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिवभक्त देवकोटा,… पुरा पढौ

आजदेखि मौसम सफाः काठमाडौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौ, २५ माघ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो । अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताउनुभयो । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ । काठमाडौँ उपत्यका वरपरका… पुरा पढौ

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

कञ्चनपुर, २५ माघ । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । “पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ”, उनले भने । उनका अनुसार पक्राउ परेकाबाट… पुरा पढौ