समाचार

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

दमौली, ९ चैत । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ । “बजारमा… पुरा पढौ

फलेबास भगराका ४० श्रमिकलाई पेन्सन पट्टा वितरण

भगरा, चैत्र ८ । फलेबास नगरपालिकाले फलेबास नगरपालिका वडा नं ९ भगराका निम्न वर्गका ४० जना श्रमिकलाई पेन्सन परिचय पत्र वितरण गरेको छ। फलेबास नगरपालिकाले नेपालकै पहिलो समाजवादी कार्यक्रम भगराबाट आईतवार सुरु गरेको हो। श्रमिकहरुलाई नगरपालिका प्रमुख पदपाणी शर्माले पेन्सन परिचय पत्र वितरण गरेको हो। नागरिककोष संगको सहकार्यमा श्रम गरी दैनिक ज्यालादारीबाट जीवनोपार्जन गर्दै आएका श्रमिकले मासिक ५ सय जम्मा गर्ने र नगरपालिकाले ५ सय थप गरी ६० वर्ष पश्चात पेन्सन पाउने गरी परिचय पत्र वितरण गरेको हो। कार्यक्रममा फलेबास… पुरा पढौ

लायन्स डिष्ट्रिक्ट ३२५बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने

पोखरा, ८ चैत । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बि १ नेपालको नवौं कन्भेन्सन चैत १४ गते पोखरामा हुने भएको छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने लायन्स कन्भेन्सनमा करिब ४ हजार लायन्स सदस्यहरुको जमघट हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कन्भेनर शिवराज आचार्यले सफल आवाजलाई जानकारी दिए । कन्भेन्सनको तयारी अन्तिम चरणमा पुगेको र सहभागिताका लागि प्रि–रजिष्टेसन गर्नेहरुको संख्या उत्साहजनक रहेको डिष्ट्रिक्ट गभर्नर मन रोकाले बताए । कोरोनाका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा उत्साह थप्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको… पुरा पढौ

राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाँदै छिन् । उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन् । निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न… पुरा पढौ

क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पठनीय कृति

पोखरा, ८ चैत । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए । प्रमुख अतिथि शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवर शिक्षा, साहित्य, राजनीतिक, पत्रकारिता लगायत हरेक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै विगतका जीविविषाबारे स्मरण गरे। कृति समीक्षा गर्दै समीक्षक असफल गौतम र कृष्ण उदासीले एक युग बाँचिसकेका क्षेत्रबहादुरको जीवन कथा विभिन्न… पुरा पढौ

थलिएको पर्यटन उठाउन पर्यटकीय गाउँमा ‘हाइकिङ’

बागलुङ, ८ चैत । कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ । सामाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिए । “कोरोनाले थलिएको… पुरा पढौ

नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना

भक्तपुर, ८ चैत । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७-७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ । उनले सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा… पुरा पढौ

दर्जन गाउँकै पुर्जा अरुको नाममा, स्थानीय चिन्तित

कावासोती, ८ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यहाँको ७० बिघा जग्गा करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौं, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति… पुरा पढौ

मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

म्याग्दी, ८ चैत । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो । हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले सम्मानसहित बिदाइ गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुवेदीलगायतले बिदाइ गरे । यसअघि… पुरा पढौ

टीकापुरमा आजदेखि होली शुरु

टीकापुर, ८ चैत । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए । “संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता… पुरा पढौ