समाचार

रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’

काठमाडौं, २४ फागुन । काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५८ औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । रिचार्ज काठमाडौं कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् । यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन… पुरा पढौ

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको बताएका छन् । उक्त नीतिअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको स्मरण गरेका छन् । ‘सुरक्षा, सम्मान र रोजगारः समृद्ध… पुरा पढौ

सभामुखबाट परामर्श नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे बेलुकी सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए । प्रतिनिधिसमाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेका नेता भट्टराईले बताए । बैठकपछि नेता भट्टराईले भने, “संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श… पुरा पढौ

भौगर्भिक अनुभव आदानप्रदान गर्न अन्तरराष्ट्रिय सम्मेलन जारी

काठमाडौं, २४ फागुन । हिमालय क्षेत्रमा गरिएका पछिल्ला अध्ययन, अनुसन्धान एवं प्रयोग बारे जानकारी दिन तथा प्राप्त ज्ञानको आदानप्रदान गर्न भएकाे अन्तरराष्ट्रिय सम्मेलन जारी छ । नेपाल भौगर्भिक समाजद्वारा आयोजित सो दशाैं सम्मेलनको नारा ‘दिगो विकास र समृद्धिको लागि भू–विज्ञान’ भन्ने रहेको छ । सम्मेलनको शुभारम्भमा सरोकारवाला व्यक्तिले यस प्रकारका सम्मेलनबाट यस क्षेत्रमा गरिने विकास निर्माणका कार्यमा भूगर्भ विज्ञानको उपयोग, राष्ट्रको समृद्धिका लागि खानी तथा खनिजको दिगो सदुपयोगमा जोड दिनुपर्ने बताए । साथै उनीहरुले प्राकृतिक प्रकोप घटाउने, वातावरण विनाश रोकथाम,… पुरा पढौ

संसद् पुनःक्रियाशील तुल्याउन योगदान गरेकाेमा सभामुखद्वारा वधाई ज्ञापन

काठमाडौं, २३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यसका निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो लिखित मन्तव्यमा उनले लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका छन् । जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो पुनः स्थापित भएका सुखद् अवसरमा उनले सदस्य एवं सभालाई क्रियाशील बनाउन योगदान गर्ने सबैलाई बधाई ज्ञापन गरेका… पुरा पढौ

ओली पक्षले संसदीय दलको बैठक बोलायो, १७३ सांसदलाई नै सहभागी हुन सर्कुलर

काठमाडौं, २३ फागुन । नेकपा ओली समूहले संसदीय दलको अहिले बैठक बोलाएको छ । संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।  नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबार फैसला गरेको छ । ओलीले भने  नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका छन । सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताइएकाे छ ।  पुरा पढौ

पोखरा लेडी जेसीजको मल्टिच्याप्टर बैठक तथा तालिम

पोखरा, २३ फागुन । पोखरा लेडी जेसीजले मल्टिच्याप्टर बैठक सञ्चालन एवं संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ । संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष दीपक शाक्य थिए । पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु गरी ५४ जनाको सहभागिता रहेको उक्त तालिम उपलब्धिमूलक रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा ((विनिता) ले बताइन् । शर्माले यस वर्षदेखि पोखरा लेडी जेसीजमा… पुरा पढौ

सर्वोच्चको फैसला ऋषि कट्टेलको पक्षमा

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा… पुरा पढौ

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौं, २३ फागुन । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौंमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताए । उनले भने, “वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न… पुरा पढौ

शान्ति समाजमा नयाँ नेतृत्व, सभापतिमा गोविन्द खनाल निर्विरोध

काठमाडौं, २३ फागुन । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित भएका छन्। शान्ति समाजको यही फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, महासचिवमा काठमाडौंका रामकृष्ण बराल र कोषाध्यक्षमा काठमाडाैंकै जगन्नाथ पुडासैनी निर्वाचित भएको पूर्वअध्यक्ष उत्तम पुडासैनीले बताए । यसैगरी प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा… पुरा पढौ