समाचार

चिसो बढेपछि कम्बल वितरण

बझाङ, ४ फागुन । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताए । संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा दाल, चामल, सरसफाइका सामान तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो । गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी… पुरा पढौ

दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ

खोटाङ, ४ फागुन । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै मात्रामा पानी सञ्चालन हुन्छ । बिनाप्राविधिक स्थानीय कामदार लगाएर निर्माण गरिएका सिँचाइ कुलोमा १२० मिटर लामो पहाड छेडिएको सुरुङसमेत पर्दछ । स्थानीय लोचाखोला मुहान भएको सिँचाइ कुलोको हौँचुरस्थित प्रिमाकोटगढीमा… पुरा पढौ

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

वाग्मती, ४ फागुन  । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ… पुरा पढौ

मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित : प्रदेश प्रमुख कलौनी

कर्णाली, ३ फागुन । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए । “कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती… पुरा पढौ

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

भक्तपुर, ४ फागुन । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सार्वजनिक भएकाे ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको उल्लेख छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख… पुरा पढौ

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

गलकोट, ४ फागुन । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा… पुरा पढौ

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रम ओली

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन । वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए ।… पुरा पढौ

प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन : प्रम ओली

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उनले देश समृद्धि उन्मुख भएको बताए । तीन वर्षदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न नदिइएको र विसं २०७४ फागुनदेखि संसद्मा पेश भएका कैयौँ विधेयक छलफलमा नलगी अघि बढ्न नदिइएको दुःखेसो पोख्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ नजीकको सरकारलाई काम गर्न नदिइएपछि ताजा जनादेशका… पुरा पढौ

ओली समुहले फागुन १३ गते पोखरामा बृहत मोटरर्साइकल रयाली गर्ने

पोखरा, ३ फागुन । प्रधानमन्त्री के पी ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले फागुन १३ गते  पोखरामा बृहत मोटरसाइकल रयाली गर्ने भएको छ। प्रधानमन्त्री ओलिले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पुर्ब तयारी स्वरुप मोटरसाइकल रयाली गर्न लागिएको हो । आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजना सो रयाली गर्न लागिएको समितिका सम्योजक तथा उक्त पार्टिका केन्द्रीय सदस्य राजिब पहारीले जानकारी दिए। उनले रयालिमा १० हजारको संख्यामा  मोटर साइकल  निकाल्ने तयारी भएको भन्दै सहभागीताको… पुरा पढौ

पोखरा लेडी जेसीजकाे नेतृत्व विकास तालिम

पाेखरा, ३ फागुन । पोखरा लेडी जेसीजले नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । जेसीजले आदर्श समाज महिला समूह र पुरानोधारा निवासी दिदी बहिनीहरूलाई लक्षित गरी नेतृत्व विकास तालीम आयाेजना गरेकाे हाे । जेसी गणेश गिरी प्रमुख अतिथि रहेकाे कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्व अध्यक्षहरु सिनेटर बसन्त के सी, सीता पाण्डे, मिनु कुँवर र पूर्ब अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१४ का राष्ट्रिय कार्य कार्यकारिणी उपाध्यक्ष संगीता पौडेलकाे उपस्थिति रहेकाे थियाे । समुदायलाई लक्षित गरी गरिएको नेतृत्व विकास तालिममा आदर्श… पुरा पढौ