समाचार

‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाटसमाजसेवी प्रधान सम्मानित

काठमाडौं, २८ पुस । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो । क्रेटर्स ग्रुपद्वारा चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सम्मान प्रदान गरेका हुन । सम्मानले आफूलाई अगामी दिनमा समाजसेवामा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको प्रधानले बताए । कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा… पुरा पढौ

ट्र्याक्टर दुर्घटनामा परी एकको मृत्यु

मार्तडी, २८ पुस । बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।। उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका याेगीको उपचारका क्रममा मृत्यु भएको हाे । ट्र्याक्टर सडकभन्दा एक सय मिटर तल… पुरा पढौ

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहकाे निर्देशन

काठमाडाैं, २८ पुस । गृहमन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत… पुरा पढौ

आम मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस् : प्रमुख आयुक्त थपलिया

काठमाडौ‌, २७ पुस । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिनुभएको छ । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुझाव दिए । प्रमुुख निर्वाचन आयुक्त थपलियाले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले… पुरा पढौ

पृथ्वीजयन्तीमा पोखरामा तामझामका साथ र्‍याली प्रदर्शन

पोखरा, २७ पुस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । देशमा राजतन्त्र अन्त्यपछिको हालसम्मको समयमा पृथ्वीजयन्तीलाई पोखरामा यसपालि सबैभन्दा बढी तामझामका लागि मनाइएको हो । चिप्लेढुंगाबाट सुरु भएको झाँकी सहितको ¥यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो । र्‍यालीका सहभागीहरुले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको जयजयकार गरेका थिए । उनीहरुले पञ्चेबाजा, भजनकीर्तन, लाखे नाच सहित विभिन्न समुदायका… पुरा पढौ

समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई साकार पारौं : मुख्यमन्त्री गुरुङ

पोखरा,२७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई लाग्न आग्रह गरेका छन् । राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।  गुरुङले पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् ।  स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै गुरुङले नेपालको गौरवशाली इतिहासको महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको… पुरा पढौ

जेसीआई पोखरा लेडी बर्ष २०२१ को नयाँ कार्यसमितिको पदस्थापन

पाेखरा, २७ पुस । जेसीआई पोखरा लेडी बर्ष २०२१ को नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । कार्यक्रममा बर्ष २०२० का अध्यक्ष जेसी शोभा भुजेलले बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कँडेल (विनिता) लाई पद हस्तान्तरण गरेकी हुन । नेपाल जेसीजका बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरूनेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता बर्ष २०२० का जेसीआई पोखरा लेडीका अध्यक्ष जेसी शोभा भुजेलले गरेकी थिइन । कार्यक्रममा नेपाल जेसिजका विभिन्न पदाधिकारीहरु नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिवेशनका महाधिवेशन… पुरा पढौ

राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य

काठमाडाै‌ं, २६ पुस । राष्ट्रियसभाको सातौंअधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेदेखि शुरु भएको अधिवेशन आइतबारदेखि अन्त्य भएको हाे । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । उनले राष्ट्रियसभाको चालु अधिवेशन आइतबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको… पुरा पढौ

संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती:थापा

पोखरा, २६ पुस । राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती खडा भएकोले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नुपर्ने बताएका छन् । राप्रपा कास्कीको पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यमा आफ्नो कुनै प्रतिक्रिया नरहेको भन्दै यसको व्याख्या सर्वोच्चले गर्ने भन्दै फैसला कुर्न आग्रह गरे । उनले नेकपा नेतृत्वको सरकार असफल भैसकेको दाबी गर्दैै उनले ताजा जनादेशको लागि चुनावमा जानु उपयुक्त हुने स्पष्ट पारे । उनले संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती खडा… पुरा पढौ

पोउवा संघमा वस्तुगतको नतिजा सार्वजनिक

पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत वस्तुगततर्फको नतिजा सार्वजनिक भएको छ । आइतबार बिहानदेखि मतगणना सरु भएकोमा बालकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल वस्तुतर्फ विजयी हुन सफल भएका हुन् । तीमध्ये रुपनारायण भुजेल बिन्दु कोइराला सुवेदी प्यानलका हुन् । बाँकी अन्य ३ जना विजयी नारायण कोइराला प्यानलका मानिन्छन् । आठ जना उम्मेदवारमध्ये विजयी गोंगजुले १८, कोइरालाले १६, तिमिल्सिना र भुजेल गोलाप्रथाबाट विजयी भएका हुन् । वस्तुतर्फ २९ मतदाता थिए । चुनावमा उदयबहादुर… पुरा पढौ