समाचार

सिरहामा थपिए २१ हजार १० मतदाता

सिरहा, १८ माघ । सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ११ हजार ६ सय पुरुष र १० हजार ४ महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन्। सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन्। गत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख… पुरा पढौ

गोरखा मिलन समाजको अध्यक्षमा कपिल पोखरेल चयन

पोखरा, १८ माघ । गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल निर्वाचित भएका छन् । समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । अध्यक्षमा निर्वाचित पोखरेल चरक मेमोरियल हस्पिटल पोखराका प्रबन्ध निर्देशक पनि हुन् । समिति उपाध्यक्षमा कोपिला श्रेष्ठ, महासचिव अग्रिम श्रेष्ठ, सचिव सन्तबहादुर लामिछाने, कोषाध्यक्ष शीतल श्रेष्ठ र सहकोषाध्यक्षमा गीता खनाल चयन भए । सदस्यमा शेरबहादुर राना, धीराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दीपक भण्डारी, पूनम गुरुङ श्रेष्ठ र अनुप पाण्डे चयन भए। अध्यक्ष… पुरा पढौ

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

सर्लाही, १८ माघ । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी–१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दु ःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन । ती बालिकाको घरको… पुरा पढौ

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ, अल्मलिनेहरू अल्मलिँदै गरुन् : प्रधानमन्त्री ओली

चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उहाँले जोड दिँदै भने, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।” अब कुनै गल्ती… पुरा पढौ

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतिपछि दल दर्ता नै पहिलो काम: निर्वाचन आयोग

काठमाडौं, १७ माघ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी… पुरा पढौ

सीमावर्ती बजारका व्यापारी पलायन हुँदैं

बैतडी, १७ माघ । कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् । झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार… पुरा पढौ

घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

भक्तपुर, १७ माघ । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर एकजना मजदूरको मृत्यु भएको प्रहरीले बताएकाे छ मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप… पुरा पढौ

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

खोटाङ, १७ माघ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते हुनुभएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते हुनुभएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन… पुरा पढौ

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई

बागलुङ, १७ माघ । बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले कोरोना महामारी नियन्त्रण र रोकथामको अभियानमा जनप्रतिनिधिका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई सम्मान गरेका हुन । समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने युवा व्यक्तित्वलाई बर्सेनि ‘जेसीज उत्कृष्ट युवा’ सम्मान प्रदान गर्ने गरिएको जेसीजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताए । शुक्रबार नै रेग्मी नेतृत्वको जेसीज… पुरा पढौ

चहर्याइरहेको घाउमा मलम लगाऔं: प्रधानमन्त्री ओली

काठमाडाैं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्याइरहेकाे घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन् । मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको समापन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गरे। प्रधानमन्त्री ओलीले मुलुकमा उपदेश दिन धेरै भगवान्का दुत भेटिने गरेको तर मानवसेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरु साँच्चैका भगवान्को दूत बनेर आएको प्रतिक्रिया दिए ।… पुरा पढौ