समाचार

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

सिमकोट, १० पुस । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए। उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम… पुरा पढौ

प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि: मुख्यमन्त्री गुरुङ

कावासोती, ९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताए । संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उनले बताए । पुरा पढौ

बिरौटामा खुल्यो सिटिजन फार्मेसी

पोखरा, ९ पुस । पोखराको बिरौटामा सिटिजन फार्मेसी संचालनमा आएको छ । विगत २२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल औषधी ब्यवसायी मेघनाथ काफ्लेले पोखराको विरौटामा सिटिजन फार्मेसी शुरु गरेका हुन । आज एक कार्यक्रमका बीच लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्य र नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर के.सी. ले संयुक्त रूपमा फार्मेसीको उद्घाटन गरेका छन । पोखराको बगरमा २२ वर्षदेखी सञ्चालित चिरायु मेडिकल सर्भिस र पृथ्बीचोकमा स्याङ्जा सिटि फार्मेसी संचालन गरिरहेका सञ्चालक… पुरा पढौ

सिरहामा फुसको छानो विस्थापन अभियान शुरु

लहान, ९ पुस । सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सिरहाको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सिरहाका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन… पुरा पढौ

मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै

सर्लाही, ९ पुस । सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको बताए । गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको… पुरा पढौ

मैले देश र जनताका लागि गरें, प्रचण्ड, नेपाल र खनालले तमासा देखाए : प्रधानमन्त्री ओली

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अलग्गिएर गएका प्रचण्ड, माधव नेपाल, भलनाथ खनालहरुले केके गरिरहेका छन् र केपी ओलीले सरकारमा बसेर देश र जनताका लागि के गरिरहेको छ दुनियाले छर्लङ्ग देखेको बताएका छन् । मेरो नेतृत्वमा रहेको सरकारले आफ्नो लयमा काम गरिरहेको छ । तर सरकारले देश र जनताको लागि काम गरेको देखिखान नसकेकाहरुले सरकारलाई साघाउनुको सट्टा काम गर्न नदिएर नेतृत्वलाई नै सत्याच्युत गर्न लागेको तमासा देखाई रहेको सबैले देखेको बताए । वुधबार राति एउटा टेलभिजन कार्यक्रममा बोल्दै… पुरा पढौ

अध्यक्ष दाहाल संसदीय दलकाे नेतामा चयन

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा अर्का पार्टी अध्यक्ष माधवकुमार नेपालले मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराएका थिए । केन्द्रीय कमिटीको मङ्गलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त… पुरा पढौ

महिलाले नेतृत्व गरे पारदर्शिता, जबाफदेहीता र सफलता प्राप्त हुन्छ : सांसद थापा

पोखरा, ८ पुस । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले राज्यका हर निकायमा सक्षम महिला नेतृत्वको खाँचो भएको बताएका छन् । जहाँ महिलाले नेतृत्व गर्छन् त्यहाँ पारदर्शिता, जवाफदेहीता तथा कामहरु सफलतापूर्वक सम्पन्न हुने गरेको आफुले पाएको बताए । 'संक्रमणकालिन न्यायको लागि द्वन्द प्रभावित महिलाहरुको पहुँच' विषयक गण्डकी प्रदेशस्तरीय कार्यशालाको आज पोखरा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद थापाले द्वन्दकालिन समयका घाउहरु अझैं पनि निको नभएकोमा दुःख लागेको बताउँदै राज्य यसका लागि पूर्ण रुपमा जवाफदेही बन्नु पर्ने बताए । उनले भने, महिलालाई… पुरा पढौ

दक्षिण एशिया स्तरीय बाल सहभागीता सम्वन्धी सम्मेलन सम्पन्न

काठमाडौं, ७ पुस । दक्षिण एशिया स्तरीय बाल सहभागीता सम्वन्धी सम्मेलन सम्पन्न भएको छ । बाल अधिकार सम्बन्धी महासन्धी १९८९ को ३१ वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलन मंगलबार सम्पन्न भएको हो । महासन्धीको ३१ वर्ष पुरा भएको अवसरमा साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एन.ए.सी.जी.) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशिया स्तरीय बाल सहभागीता सम्बन्धी सम्मेलन आयोजना गरिएको थियो । बाल अधिकार सम्वन्धि ५४ वटा धारा भएको उक्त महासन्धी नेपालले सन् १९९० मा अनुमोदन गरेको थियो । मंगलबार… पुरा पढौ

डा कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’

काठमाडौं, ७ पुस । अर्थशास्त्री डा कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गरेका छन् । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । कोभिड–१९ का कारण डा शर्मा उपस्थित हुन नसकेपछि अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरिन । डा शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै… पुरा पढौ