समाचार

राँगोले हान्दा वृद्धको मृत्यु

महेन्द्रनगर, १५ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गएराति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भने, “आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पुरा पढौ

दुई करोडकाे काठ कुहिने अवस्थामा, बिक्री गर्न नपाउँदा समस्या

मोरङ, १५ माघ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने, माटोले खाने र धोन्द्रो हुने विद्यमान समस्या देखिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वन मूल समितिअन्तर्गत रहेको सामुदायिक वनले कटान गरी घाटगड्डीमा राखेको काठ सरकारले गएको जेठ १५ देखि सालको काठ बेचविखनमा रोक… पुरा पढौ

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

जाजरकोट, १५ माघ । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ । जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा यो पाइने भए पनि डोल्पाको जति राम्रो नभएको बारेकोट–५ का जनकबहादुर शाहीले जानकारी दिए । खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जङ्गलमा उत्पादन हुने… पुरा पढौ

घर घरमा स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु

काठमाडाैं, १५ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु भएकाे छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत… पुरा पढौ

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज हुने

काठमाडौं, १४ माघ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरी दिगो वन व्यवस्थापनमार्फत वनजन्य स्रोतको उपयोग गरिने बताएका छन् । वन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले वैज्ञानिक वन कार्यक्रमका नाममा अनियमितता रुपमा रुख कटान भएको देखिएकाले सो कार्यक्रम खारेजीको प्रक्रिया अघि बढाएको जानकारी दिए । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो कार्यक्रम खारेज गर्ने मन्त्रालयको प्रस्ताव पारित गरेको जानकारी गराउँदै मन्त्री आलेले उक्त निर्णय एक, दुई दिनमा राजपत्रमा प्रकाशित हुने बताए । साथै… पुरा पढौ

‘बेहाल’ हुनबाट जोगिन र मूलधारमा फर्किन अध्यक्ष ओलीको आह्वान

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले काेही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताए । कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले… पुरा पढौ

कोरोनाविरुद्धको खोप गण्डकीमा पनि सुरु, उपकुलपति डा. थापाले लगाए पहिलो खोप

पोखरा, १४ माघ । देशभर बुधबारदेखि सुरु कोरोना विरुद्धको खोप अभियानअन्तर्गत गण्डकीमा पनि सुरुवात भयो । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ भयो । खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै प्राडा थापाले सामान्य दुखाइबाहेक अन्य समस्या नआएको र खोप सुरक्षित भएकाले नडराउन सबैमा आग्रह गरे । खोपप्रति आश्वास्त बनाउन आफूले खोप लगाएको बताउँदै उनले भने, ‘विश्व स्वस्थ्य संगठनबाट सर्टिफाइड भएको र यो लगाएकाहरु सबै सुरक्षित रहेकाले हामी त्रसित हुनुपर्ने कारण छैन… पुरा पढौ

केदारेश्वरमा पोखरा लेडी जेसीजको भोजनदान

पोखरा, १४ माघ । पोखरा लेडी जेसीजले केदारेश्वर मन्दिरमा आश्रित बटुक, पुजारी लगायतलाई भोजन खुवाएको छ । प्रमुख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. लेखनाथ आचार्यले धर्म संस्कृति र मानवताको सेवामा यस्तो पुण्य कार्यमा सहयोग गर्ने पोखरा लेडी जेसीजप्रति आभार प्रकट गरे । पोखरा लेडी जेसिजकी वर्ष २०२१ अध्यक्ष कमला शर्मा कँडेल (वीनिता) को अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ पोखराका अध्यक्ष सविना अधिकारी क्षत्री, नगर वरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठ, विश्व हिन्दू महासंघ सचिव तथा पोखरा जेसीजका पूर्व अध्यक्ष… पुरा पढौ

अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

कर्णाली, १४ माघ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु२ख २१० नंको ट्रक चालक भेरीगङ्गा नगरपालिका–२ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । नियन्त्रणमा लिइएका अन्य व्यक्तिमा सोही वडाका १२… पुरा पढौ

नेकपाको आधिकारिक फुटपछि मात्रै सरकार गठनको तयारी गरिनेछ: प्रदेश सांसद थापा

पोखरा, १४ माघ । गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिकरुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि धारणा बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपालाई जनताले ५ वर्षका लागि म्यान्डेट दिए पनि उनीहरु असफल भएको टिप्पणी गरे । ‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ उनले भने । समृद्धिको नारा दिएको नेकपा सरकारले भाषणबाहेक जनतालाई… पुरा पढौ