समाचार

शिक्षक हत्यारालाई कारवाही गर्न नेविसङ्घको माग

काठमाडौं, २५ मङ्सिर । नेपाल विद्यार्थी सङ्घले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारवाही गर्न माग गरेका हुन् । “व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन”, उनले भने । नेविसङ्घले नेकपा माओवादी (विप्लब समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी… पुरा पढौ

सबै हक ग्यारेन्टी भएको सभ्य प्रदेश बनाउने अठोट गरेका छौं, हातेमालो गरौं : मुख्यमन्त्री गुरुङ्ग

पोखरा, २५ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ्गले प्रदेशलाई मानव अधिकार संरक्षित, शान्त र सुरक्षित प्रदेश बनाउने अठोट लिएकाे बताएका छन् । मुख्यमन्त्री गुरुङ्गले निकै आशावादी भएर भने, सबैले हातेमालौं गरौं र विविधतायुक्त गण्डकी प्रदेशलाई सभ्य प्रदेश बनाउन लागौं । यसमा सबैको हकको ग्यारेन्टि गरिने मुख्यमन्त्री गुरुङ्गले दावि गरे । सरकार सबै खालका मानव अधिकारको रक्षाका लागि प्रतिवद्ध भएको बताउदै यस सम्बन्धी आवश्यक नीति बनाउने तथा निर्दिष्ट कार्य योजनालाई कार्यान्वयनमा ल्याउनका लागि प्रतिवद्ध भएको बताए । गण्डकी प्रदेश… पुरा पढौ

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने

पोखरा, २५ मंसिर । कास्कीको माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुने भएको छ । सामाजिक परम्पराअनुसार उनीहरुबीच शुक्रबार विवाह हुने तयारी छ । विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि उपस्थित हुने जनाइएको छ। पुरा पढौ

एकवृद्धाको हत्या, अभियुक्त पक्राउ

झापा, २५ मंसिर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको जनाएको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए । प्रहरीले शङ्का लागि केरकार गर्दा बिर्जा आफँैले बुधबार राति… पुरा पढौ

सडक मर्मतका लागि विभागले माग्यो डेढ अर्ब रकम

काठमाडौँ, २५ मंसिर । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु. एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग रु. एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति… पुरा पढौ

कोभिड-१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै : प्रधानमन्त्री ओली

काठमाडौं, २५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको स्मरण गराएका छन् । “विश्वव्यापी महामारीको रूपमा फैलिएको… पुरा पढौ

प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने

मोरङ, २५ मङ्सिर । प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिए। निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताए… पुरा पढौ

आदर्श समाजको सम्पादकमा कोइराला नियुक्त

पोखरा, २४ मंसिर । आदर्श समाज राष्ट्रिय दैनिकको सम्पादकमा पत्रकार भरत कोइराला नियुक्त भएका छन् । कोइराला लामो समयदेखि पत्रकारितामा क्रियाशिल व्यक्तित्व हुन् । कोइरालालाई बिहीबार आदर्श समाजको व्यवस्थापनले सम्पादकमा नियुक्त गरेको हो । कास्कीको पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिक गण्डकी प्रदेशको लोकप्रीय तथा प्रतिष्ठित पत्रिका हो । पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला र प्रबन्ध निर्देशक अमृत बास्तोलाले उनको स्वागत गर्दै पत्रिकाले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गरे । नवनियुक्त सम्पादक कोइरालाले झण्डै २ दशकदेखिको पत्रकारिता अनुभवले… पुरा पढौ

सडक पुगेपछि फस्टाउँदै कृषि व्यवसाय

बनेपा, २४ मङ्सिर । पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुन । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उनले नियमितरुपमा गर्दै आएको मैक, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन् । उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका हुन । उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गरेका छन् । यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उनले बताए । “गत वर्ष खसीबोका बेचेर… पुरा पढौ

तीन दिन देशभर आंशिकदेखि सामान्य बदली नै रहने

काठमाडौं, २४ मङ्सिर । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए । हाल प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका… पुरा पढौ