समाचार

पश्चिमी वायुको प्रभावःवर्षा र हिमपातको सम्भावना

काठमाडौं, १० मंसिर । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक देखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना… पुरा पढौ

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय दिवस २०२० शुरु

गण्डकी, १० मंसिर । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकाे संयाेजन र विभिन्न सामाजिक संघ-संस्थासंगकाे समन्वयमा 'ओरेञ्ज द वर्ल्ड, फण्ड, रेस्पोण्ड, प्रिभेन्ट, कलेक्ट, अन्तराष्ट्रिय नारा र लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता' भन्ने राष्ट्रिय नाराकासाथ आजबाट यस बर्षको १६ दिने लैङ्गिंक हिंसा बिरुद्धको अभियान शुरु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सामाजिक संघ-संस्थासंगको सहकार्यमा विभिन्न कार्यक्रमका साथ दिवस मनाउन थालेकाे हाे । यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक… पुरा पढौ

उदयपुरको रौतापोखरीमा पर्यटक बढ्दै

उदयपुर, १० मंसिर । कोरोनाको कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताए । होटेल सञ्चालक खड्गकुमार राईका अनुसार, अहिले दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको र दैनिक उपस्थिति भएकामध्ये ५० प्रतिशत पर्यटक रौतामा नै बास बस्ने गरेको बताए। सात–आठ महिनासम्म बन्द रौताका होमस्टे तथा होटल अहिले पर्यटकको उपस्थितिसँगै राम्ररी चल्न थालेको… पुरा पढौ

उखु किसानले अझै पाएनन् भुक्तानी

सर्लाही, १० मंसिर । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । काठमाडौँमा राष्ट्रपति, उद्योग मन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक साताअघि घर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताए। उनका अनुसार यसपटक… पुरा पढौ

लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षणका लागि संवेदनशील हुन प्रमको आग्रह

काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षणका लागि संवेदनशील हुन आग्रह गरेका छन् । रकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताउँदै प्नम ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै भने, राज्यसँग उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको छ । “कुनै पनि प्रकारको लैङ्गिक हिंसाको समूल अन्त्य गर्ने अभिप्रायका साथ लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका… पुरा पढौ

एभरेस्ट एफ.एम. ९३ मेगाहर्जकाे प्रसारण सुरू

पोखरा,१० मंसिर । पोखराकाे एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले आजबाट बिधिवत प्रसारण सुरू गरेकाे छ । संचार क्षेत्रमा लामाे अनुभव सँगालेका पोखराका अग्रज संचारकर्मी र उद्यमीसँगको सहकार्यमा याे एफ.एम संचालनमा ल्याइएको बताइएकाे छ। एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले एफ.एम.को आज विधिवत रुपमा उद्घाटन गरेकी छन। ब्राह्मण पण्डित र लामा गुरुद्वारा स्वस्तीवाचन गरी एफ.एम.को शुभारम्भ गरिएको एभरेस्ट मिडिया हाउसका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले सफल आवाजलाई बताए। गण्डकी प्रदेशका सबै जिल्लाका समाचार,सुचना लगायतका गतिबिधी समेट्दै यो रेडियोलाई जनताको सुचनाको संबाहक बनाउने… पुरा पढौ

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड

काठमाडौं, १० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको उल्लेख गरेकी छन्… पुरा पढौ

हरिबोधनी एकादशी बुधबार र बिहीबार मनाइँदै

काठमाडौं, १० मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताए । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ । एकादशी तिथि… पुरा पढौ

छैठौँ अन्तर्राष्ट्रिय उद्योग दिवसः लगानीमैत्री नीति बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौं, ९ मंसिर । लगानी मैत्री नीति निर्माण गर्न सरकारलाई निजी क्षेत्रका प्रतिनिधिहरुले सुझाव दिएक छन् । छैठौँ अन्तर्राष्ट्रिय उद्योग दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् । छलफमाल नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड, मन्त्रालयका सचिव बैकुण्ठ अर्याल सहभागी थिए । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल… पुरा पढौ

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

काठमाडौँ, ९ मंसिर । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला प्रेमसिद्धि प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो । दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई… पुरा पढौ