समाचार

मुक्तिनाथ विकास बैंकको “मुक्ति भाई” नयाँ ब्राण्ड मस्कट सार्वजनिक

काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्ना विभिन्न सेवा, सुविधा, प्रोडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ । बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त रुपमा एक कार्यक्रमबीच बैंकको मस्कट सर्वजानिक गरिएको हो । कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट कार्यक्रमको लाइभ प्रसारण गरिएको… पुरा पढौ

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

काठमाडौं, २८ मंसिर । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए । उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना… पुरा पढौ

जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा सिग्देलको उम्मेद्वारी

काठमाडाैं, २८ मंसिर । नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा भकुण्डेबेसी जेसिज काभ्रेका पुर्व अध्यक्ष रूकमणी सिग्देलले उम्मेद्वारी दिएकी छन । बुटवलको भलबारीमा पुस १ गतेदेखि ४ गते सम्म आयोजना हुने जेसिजको ४७ औ महाधिवेशनमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा सिग्देलले उम्मेदवारी दिएकी हुन । अधिवेशनमा नेपालभरिका १६१ शाखाका जेसिज पदाधिकारीहरुले भाग लिनेछन् । रूकमणी सिग्देल नेपाल जेसिजमा परिचित नाम हो । उनले सन २०१८ मा भकुण्डेबेशी जेसिजका अध्यक्ष, सन २०१९ मा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष र सन २०२० मा नेपाल… पुरा पढौ

धुलिखेलमा अनलाइनबाट कर भुक्तानी सुरु

काभ्रे, २८ मंसिर । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुवात गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए । “नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ”, उनले भने, “यसले सेवाग्राहीको समय बचत हुने आशा लिएको छु ।” यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उले जानकारी दिए । नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर… पुरा पढौ

पोखरामा अख्तियारको सुविधासम्पन्न भवन

पोखरा, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको सुविधासम्पन्न कार्यालय भवन उद्घाटन गरिएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले आइतबार एक समारोहबीच भवन उद्घाटन गरेका छन् । १४ करोड ७२ लाख रुपैयाँ लागत अनुमान रहेको सो भवनको १२ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा–६, मासबारस्थित ६ रोपनी जग्गामा फैलिएको सो कार्यालय भवन साढे २ वर्ष अवधिमा निर्माण सम्पन्न भएको हो । कार्यालयका २ वटा भवन छन् । तीमध्ये प्रशासनिक भवनमा १०… पुरा पढौ

आज बालाचतुर्दशी पर्व सतबीज छर्ने दिन:सुनसान शिवालय

काठमाडाैं, २८ मंसिर । आज बालाचतुर्दशी पर्व । अघिल्ला वर्षहरूमा सतबीज छर्नेहरूकाे भिडभाड हुने पशुपतीनाथ तथा देशभरका शिवालय सुनसान देखिएका छन् । काेभिड १९ काे कारण मानिसकाे चहलपहल देखिएकाे छैन । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्वमा यस वर्ष पशुपति र अन्य स्थानका शिवालयहरू सुनसान भएका हुन । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष… पुरा पढौ

स्थानीय तहमा खेल मैदान निर्माण हुन्छ ः मुख्यमन्त्री पौडेल

वाग्मती, २८ मंसिर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय रङ्गशालाको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसार रङ्गशाला निर्माण गरिने उल्लेख गरे । प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा खेल मैदान तथा रङ्गशाला निर्माण गर्ने कार्य गरिरहेको उनले जानकारी दिए। कयौँ वर्षदेखि अलपत्र अवस्थामा रहेको हेटौँडास्थित गौरीटारमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान तयार पारेको भन्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रियस्तरकै प्यारापिट निर्माणको प्रक्रिया प्रारम्भ… पुरा पढौ

चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा

खोटाङ, २८ मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । व्यक्तिको नाममा रहेको उक्त जमिनमा विसं २०३८ तिर नै चिसापानी बजारका स्थानीय बासिन्दाका लागि खानेपानीको ट्याङ्की बनाइएको थियो । विसं २०४२ मा नापी टोलीमा… पुरा पढौ

भक्तपुरको चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास

भक्तपुर, २८ मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा हिजो आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरेका छन् । उजले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए । उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राखेका छन्। त्रिशुलडाँडामा कूल रु. चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो… पुरा पढौ

ट्रक दुर्घटना : थप दुईको मृत्यु

काठमाडौं, २७ मङ्सिर । काठमाडौं कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । चौधरीको उपचारका क्रममा मृत्यु… पुरा पढौ