समाचार

चिकित्सकमाथि कुटपिट विरोधमा अफिनको आपत्ति

पोखरा, २३ मंसिर । चिकित्सकलाई कुटेको विषयमा अफिन गण्डकीले आपत्ति जनाएको छ । संस्थाका सचिव ऋषि खतिवडाद्वारा जारी विज्ञप्तिमार्फत गत मंसिर २० मा गोरखा अस्पतालमा भर्ना भएकी सृष्टि बानियाँ कुँवरले सोही दिन बिहान बच्चा जन्माएकी र बिरामीको कुरुवा महिलाको सहयोगमा शौचालय जाने क्रममा लडेकोे विषयलाई लिएर चिकित्सकको लापरबाही भन्दै चिकित्सकद्वय डा. सन्दीप श्रेष्ठ र डा. गणेश श्रेष्ठलगायत स्वास्थ्यकर्मीलाई उत्तेजित समूहले कुटपिट गरेको भन्दै घटनाको भत्र्सना गरिएको हो । कोरोना महामारीको बेलामा पनि अहोरात्र बिरामीको सेवामा निरन्तर खटिरहने चिकित्सक तथा स्वास्थ्यकर्मीको… पुरा पढौ

सगरमाथाको नयाँ उचाई घोषणा आज दिउँसाे १:४५ मा

काठमाडाैं, २३ मंसिर । विश्वकाे सर्वाेच्च शिखर गरमाथाको नयाँ उचाई घोषणा कार्यक्रम आज हुँदैछ । दिउँसाे १:४५ बजे घाेषणा कार्यक्रम राखिएकाे छ । सगरमाथाकाे नयाँ उचाई घाेषणा कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था मिलाईएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्ममा अर्यालले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रमकाे श्रब्य दृष्यमा सहभागी भइ अबलोकन गरिदिन हुन अनुरोध गरेकी छन् । पुरा पढौ

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर, २३ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रादेशिक सुशासन केन्द्र जनकपुरको मुजेलियामा प्रदेश मातहतका कर्मचारीका लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालीमको समापन समारोहमा उनले समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिए । कर्मचारीहरुका लागि अनुशासन आवश्यक रहेको जिकिर गर्दै उनले कर्मचारीतन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने स्पष्ट पारे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा… पुरा पढौ

थप १ हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा १ हजार ६२८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख २७ हजार ४३३ पुगेको छ । नेपालका हालसम्म २ लाख ४१ हजार ९९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९४८ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लोे २४… पुरा पढौ

‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ सार्वजनिक

काठमाडौँ, २२ मङ्सिर । ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ । करिब ६५० पृष्ठको पुस्तकभित्र नेपालको राजनीति, सामाजिक सेवा, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म, संस्कृति र साहित्य तथा सञ्चार लगायत क्षेत्रमा महिलाले पु¥याएको योगदानसम्बन्धी लेखरचना समावेश गरिएको छ । आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरु शशी श्रेष्ठ, हिसिला यमी, डा विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’,… पुरा पढौ

विद्युतीय बस सञ्चालन गर्न मार्ग तयार

मकवानपुर, २२ मंसिर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । उनले आज चार्जिङ स्टेशन निर्माणका लागि ११९ स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको बताए… पुरा पढौ

लाङ्टाङमा ५ लाख बढीकाे चीज अलपत्र

रसुवा, २२ मङ्सिर। लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ । बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकाले दुग्ध विकास संस्थानकोे काठमाडौँस्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख कग्याल्पो तामाङले बताए । गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म… पुरा पढौ

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई रु पाँच हजार दिइने

तारकेश्वर, २२ मंसिर । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु.पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए । हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् । निको हुनेको… पुरा पढौ

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

सिमकोट, २२ मङ्सिर । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो । मङ्सिर १९ गते स्वाव सङ्कलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । यो सँगै हुम्लामा कोरोना… पुरा पढौ

छुट्टाछुट्टै दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु

चितवन, २२ मङ्सिर । पूर्वी चितवनमा भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी… पुरा पढौ